चौतारी खबर डटकम अनलाइन संस्करण शुभारम्भ – Chautari Khabar

चौतारी खबर डटकम अनलाइन संस्करण शुभारम्भ

भक्तपुर । आजबाट हामीले चौतारी खबर डटकम अनलाइन संस्करण शुभारम्भ गरेका छौं ।


राज्यको चौथो अंग आम–संचारका सिद्धान्तहरु प्रति प्रतिबद्धताका साथ स्वतन्त्र, निष्पक्ष, तटस्थ भइ नेपालको संबिधानद्वारा प्रत्याभूत स्वतन्त्रता र हक अधिकारको जगेर्ना गर्दै राज्य र समाजप्रति कर्तव्यनिष्ठ एवं उत्तरदायी भएर जनतालाई सुसुचित गर्ने उदेश्यले जिम्मेवार पेसानिष्ठ भइ व्यावसायिक सूचना तथा समाचार सम्प्रेषण गर्ने प्रण गर्दछौं ।
चौतारी खबर डटकम मार्फत पूर्ण प्रेस स्वतन्त्रताको सम्वर्धन गर्दै सामाजिक न्याय तथा दायित्व र सद्भावना कायम राख्दै समाजमा घटेका घटनाहरुलाई सत्यतथ्य रुपमा उजागर गर्दै , राष्ट्रको आर्थिक समृद्घि, अशक्त, असहाय, महिला तथा पिछडिएका वर्ग, क्षेत्र एबं समुदायको उत्थान र विकासका लागि अर्थपूर्ण अन्तर्वार्ता र विचारहरु प्रवाह गर्दै विविध विधामा सत्यतथ्य वस्तुनिष्ठ एबं सन्तुलित सुचना तथा समाचार सम्प्रेषण गर्नेछौं ।


हाल केहि समयका लागि परिक्षण कालमा छौं । समाजमा घटेका सामाजिक, राजनीतिक एबं विविध घटनाहरुको जानकारी तथा यहाँहरुको आफ्नो व्यवसायको विज्ञापनका साथ अमुल्य सुझाव र सहयोगको अपेक्षा गर्दछौं ।

 

छिट्टै हामी व्यवस्थापकीय पक्षलाई पूर्णता दिदै पूर्ण व्यावसायिक रुपमा समाचारमुलक कार्यक्रम उत्पादन तथा सम्प्रेषण गर्नेछौ ।

सम्बन्धित खवर