तपाईं पनि पक्षघातको जोखिममा पो हुनुहुन्छ कि ? – Chautari Khabar

तपाईं पनि पक्षघातको जोखिममा पो हुनुहुन्छ कि ?

आज विश्वका करिब आठ करोड मानिस पक्षघातबाट पीडित छन् । पाँच करोड भन्दा बढी मानिस स्थाई रुपमा विकलांग छन् । विश्व स्वास्थ्य संगठनका अनुसार २५ प्रतिशत पक्षघातको विरामी ४० वर्ष उमेर समूहका मानिस छन् । यही कुरालाई ध्यानमा राखेर नै विश्वमा प्रत्येक वर्ष अक्टुवर २९ तारिखका दिन विश्व पक्षघात दिवस मनाइने गरिन्छ ।

विश्वमा मृत्युको प्रमुख तेश्रो कारणमा पक्षघात पर्दछ । समयमै उपचार गरे विरामीको उपचार हुने सम्भावना ५० देखि ७० प्रतिशतसम्म बढ्ने गर्छ ।

के हो पक्षघात ?

पक्षघात, एक जटिल शारीरिक अवस्था हो । मस्तिष्कको कुनै भागमा रक्तसंचार कमी भएमा पक्षघात हुने गर्छ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुने गर्छ ।

यसले गर्दा मस्तिष्कले आˆनो नियन्त्रण गुमाउँछ । यसलाई नै स्ट्रोक वा पक्षघात भनिन्छ । समयमै यसको उपचार नगरे मस्तिष्क सधैको लागि खराब हुन सक्छ । व्यक्तिको मृत्यु समेत हुनसक्छ ।

किन हुन्छ पक्षपात ?

आजकलको व्यस्त जीवनशैलीमा तनाव, उच्च रक्तचाप, मधुमेह, मोटोपना, धुमपान, मदिरापान नै पक्षघातको लागि जिम्मेवार मानिन्छ । यसबाहेक, लामो समय एकै ठाउँमा बसेर काम गर्ने बानीले पनि दिमाग र मुटु सम्बन्धि रोगको जोखिम बढाउने गर्छ । जसले गर्दा अहिलेका युवापुस्तामा पक्षघातको समस्या तिव्र गतिमा फैलिरहेको पाइन्छ ।

यी सबै कारणका बाबजुद पनि वातावरणीय परिवर्तन तथा मौसमको परिवर्तनका कारण पनि पक्षघात हुन सक्छ भन्ने कुरा अस्सी प्रतिशत मानिसलाई थाहा नहुन सक्छ ।

कसरी थाहा पाउने ?

सम्पूर्ण शरीर मध्य दिमागको काम धेरै महत्वपूर्ण हुन्छ । शरीरका अन्य रोगहरुलाई नजरअन्दाज गरेमात्र पनि यसले हाम्रो दिमागलाई नकारात्मक तरीकाले प्रभावित पार्छ । पक्षघात भएमा मुख, हात तथा खुट्टा टेढो हुने, चक्कर आउने, टाउको दुख्ने, आँखा धमिलो हुने, बोल्न तथा हिड्डुल गर्नमा समस्या हुने, ढाड दुख्ने गर्छ । पक्षघात रक्तश्राव वा रक्तश्राव विनाको पनि हुनसक्छ । पक्षघात भएमा दिमागको नसा सुन्निनुका साथै नशा फुट्ने गर्छ ।

कसरी गर्ने उपचार ?

चिकित्सकका अनुसार पक्षघात भएमा तत्काल उपचार जरुरी छ । यस किसिमको उपचार पक्षघात भएको तीन-चार घण्टा भित्रमै गरेको अण्डमा दिमागमा क्षति पुग्ने सम्भावना कम हुने गर्छ । उदाहरणका लागि तीन घण्टा भित्रमा आवश्यक औषधी दिनु पर्दछ ।

त्यसपछि, सिटी स्क्यान, एमआरआई इत्यादी गरेर दिमागको क्षति कम गर्न आवश्यक उपचार सुरु गरिन्छ । यदी रगतको अवरोधका कारण दिमागमा पक्षघात भएको हो भने पक्षघात भएको तीन घण्टा भित्रमा क्लट बस्टिङ्ग औषधी वा इन्जेक्सन दिन जरुरी छ । साथै, रगत पातलो गर्ने औषधी दिइने गरिन्छ । ताकी रगत नजमोस् । यसबाहेक, शल्यक्रियामार्फत गर्धनको रक्तधमनी खोलिन्छ ।

रक्तश्रावका कारण पक्षघात भएमा सामान्य रक्त क्लोटिङ्ग कायम राख्ने औषधी दिइने गरिन्छ । दिमागबाट रगत हटाउन तथा दवाव कम गर्न शल्यक्रिया गरिन्छ । फाटको नशा जोड्न शल्यक्रिया गरिन्छ । रक्तश्राव रोक्नका लागि तारको प्रयोग गरिन्छ । दिमागको सुन्निनबाट रोक्न औषधी दिइन्छ । यसबाहेक, दिमागको खाली भागमा ट्यूब राखेर दवाव कम गर्ने प्रयास गरिन्छ ।

अक्षमताको खतरा

पक्षघात भएमा विरामीमा शारीरीक तथा मानसिक अक्षता हुने सम्भावना उच्च हुन्छ । नेशनल अफेसिया एशोसिएनको रिपोर्ट अनुसार २५ देखि ४० प्रतिशत मानिसमा शारीरीक तथा मानसिक अक्षमता विकास हुन्छ । यो यस्तो स्थिति हो, जसले मानिसकको बोल्ने, लेख्ने तथा व्यक्त गर्ने क्षमतालाई प्रभावित पार्छ । याो समस्यालाई ल्याग्वेज डिसअर्डर पनि भनिन्छ । यो रोग ब्रेन ट्यूमर, ब्रेन इन्फेक्सन, अल्जाइमर इत्यादीका कारण हुने गर्छ , कयौ अवस्थामा अफेसियालाई इपिलेप्सी तथा अन्य न्यूरोलोजिकल डिसअर्डरको संकेतको रुपमा पनि लिइने गरिन्छ ।

पक्षघातमा पुनस्र्थापना

पक्षघातका कारण पर्ने शारीरीक तथा मानसिक क्षतिलाई कम गर्न पुनस्र्थापना सहायक हुनसक्छ । पुर्नस्र्थापनाका कारण कयौ विरामीको स्वास्थ्यमा पूर्ण सुधार नभएपनि क्रमिक सुधार आउने गर्छ । किनकी मानिसको दिमाग फ्रेक्जिबल हुन्छ । जसमा मानिसले हानीरहित ब्रेन सेल्सको उपयोगद्धारा काम गर्ने नयाँ नयाँ तरीकाबारे सिक्न सक्छ । पक्षघातका विरामीको सही तरीकाले हेरचाह गरेर उनीहरुलाई प्रोत्साहित गरेर पनि उनीहरुको जीवनलाई सार्थक बनाउन सकिन्छ ।

सम्बन्धित खवर