दमकमा दुईजनमा डेङगु, नियन्त्रणका लागी अभियान सुरु – Chautari Khabar

दमकमा दुईजनमा डेङगु, नियन्त्रणका लागी अभियान सुरु

दमक/झापाको दमकमा डेङगुका दुई जना बिरामी फेला परेको दमक अस्पतालले जनाएको छ । मंगलबार एक जना र बुधबार एक जनामा गरि दुई जनामा डेङगुको लक्षण देखीएको दमक अस्पताललाई उद्धृत गर्दै नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । पूर्वको सुनसरी, मोरङ पछि झापामा पनि डेङगुको संक्रमण देखीन थालेको हो । धरानको सुनसरीमा महामारीको रुपमै फौलिएपछि अहिले डेङगुका संक्रमीत जतातै भेटिन थालेका हुन ।
डेङगु नियन्त्रण गर्नका लागी दमक नगरपालिकाले बुधबारबाट सचेतना सहित लार्भा नष्ट गर्ने अभियान समेत सुरु गरेको छ । दमक ७ बाट सुरु गरिएको यो अभियानको सुभारम्भ नगर प्रमुख रोमनाथ ओलीले गरेका छन् । बुधकार दमक ७ का बिभिन्न ५ स्थानमा लामखुट्ेको बासस्थान पहिचान गरि लार्भा परिक्षण गर्दा डेङगु सार्ने लामखुट्टे नभेटिएको स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताए ।
अभियान अन्तर्गत बिहिबार राजमार्गका बिभिन्न ग्यारेज क्षेत्रमा गएर काम नलाग्ने टायरको व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ । प्रयोगबिहिन टायरलाई अव्यवस्थित बनाई पानी जमाएर राखीने भएकोले त्यहाँबाट डेङगु फैलन सक्ने भन्दै त्यस्ता टायरहरु बरामत गर्ने अभियान सुरु गरिएको स्वास्थ्य संयोजक अर्यालले बताए । डेङगुका बिरामीलाई दमक अस्पतालले निशुल्क उपचार गराई रहेको छ ।

सम्बन्धित खवर