अपराध महाशाखाका प्रहरी निरीक्षक ४० हजार रुपैयाँ घुससहित पक्राउ – Chautari Khabar

अपराध महाशाखाका प्रहरी निरीक्षक ४० हजार रुपैयाँ घुससहित पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) जयनेपाल थापा ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । बुधवार वैदेशिक रोजगारसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्ने व्यक्तिसँग लिएको ४० हजार रुपैयाँसहित इन्सपेक्टर थापा पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले उनलाई पूर्व सूचनाको आधारमा पाटनबाट घुस लिँदालिँदै पक्राउ गरेको हो ।

सम्बन्धित खवर