राष्ट्रिय सभाको निर्वाचन माघ ९ गते – Chautari Khabar

राष्ट्रिय सभाको निर्वाचन माघ ९ गते

काठमाडौं । राष्ट्रिय सभाको रिक्त हुन लागेको १८ सदस्य पदका लागि यहि माघ ९ गते निर्वाचन हुने भएको छ ।


सरकारले बिहीबार राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए । यो निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसंख्यक दुई र अन्यबाट सात जनाको चयन हुनेछ ।
निर्वाचनका लागि प्रदेशसभा सदस्य, गाँउपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहेको निर्वाचन मण्डल रहनेछ ।

सम्बन्धित खवर