नागरिकता सम्बन्धी कानुनलाई लिएर नयाँ दिल्लीमा प्रदर्शन – Chautari Khabar

नागरिकता सम्बन्धी कानुनलाई लिएर नयाँ दिल्लीमा प्रदर्शन

नयाँ दिल्ली । नागरिकता सम्बन्धी कानुनलाई लिएर आइतबार दक्षिण दिल्लीको न्यू फ्रेन्ड्स काेलोनीमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।


उक्त प्रदर्शनमा प्रदर्शनकारीहरू र प्रहरीबिचमा झडप हुदाँ प्रदर्शनकारीहरूले बसहरु जलाउनु को साथै कार र मोटरसाइकलमा टोडफोड गरेका थिए ।
दिल्ली पुलिसले आन्दोलनकारीहरुको भीडमा कैयौं अश्रु ग्यास र गोली प्रहार गरेका थिए ।

यसैगरि दिल्लीका मुख्यमंत्री अरविन्द केजरीवालले प्रदर्शनकारीहरुलाई शान्त रहन अपील गरेका छन् । उनले ट्वीट गर्दै भने “कसैले पनि हिंसामा लिप्त हुनु हुँदैन । कुनै पनि प्रकारको हिंसा स्वीकार्य छैन । विरोध शान्त रहनु पर्छ । ” एजेन्सी

सम्बन्धित खवर