जे.बि. स्कुलले अन्तर–विद्यालय स्तरीय चित्रकला प्रतियोगिता आयोजना गर्ने – Chautari Khabar

जे.बि. स्कुलले अन्तर–विद्यालय स्तरीय चित्रकला प्रतियोगिता आयोजना गर्ने

काठमाडौं ।  बुढानिलकण्ठ नगरपालिका वडा नं. ६ स्थित जे.बि. स्कुलले अन्तर–विद्यालय स्तरीय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।


यहि शनिबार आयोजना हुने उक्त प्रतियोगितामा काठमाडौं जिल्लाका ५० भन्दा बढी विद्यालयका विद्यार्थीहरूले २ विधामा सहभागीता जनाउने भएका छन् ।

उक्त प्रतियोगिताका कार्यक्रम संयोजक आनन्द श्रेष्ठले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै चित्रकला प्रतियोगिताको बारेमा जानकारी गराएका थिए ।

सम्बन्धित खवर