समाजवादी पार्टीको प्रशिक्षण उदयपुरमा सुरु – Chautari Khabar

समाजवादी पार्टीको प्रशिक्षण उदयपुरमा सुरु

उदयपुर, गाइघाट / समाजवादी पार्टी प्रदेश नम्बर १ समितिको प्रादेशिक प्रशिक्षण कार्यक्रम उदयपुरको गाइघाटमा आइतबारबाट सुरु भएको छ ।


पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रशिक्षण उद्घाटन गरेका हुन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले पार्टीको राजनीतिक कार्यदिशा बारे प्रशिक्षण दिँदैछन् ।
आइतबारको प्रशिक्षणमा पार्टीका वरिष्ठ नेता अशोक राई, उपाध्यक्षहरु रकम चेम्जोङ, हेमराज राई, महासचिव रणध्वज कन्दङ्वा लगायत शीर्ष नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको समाजवादी पार्टी प्रदेश नं १ का अध्यक्ष प्रवीण चाम्लिङले जानकारी दिए ।


प्रशिक्षणको समापनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रशिक्षण सहित समापन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
पार्टीको ३ महिने विसु अभियान अन्तर्गत प्रदेश नं १ समितिले प्रशिक्षण आयोजना गरेको हो ।
प्रशिक्षणमा पार्टीका प्रदेश नं १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु, सङ्घीय परिषद् सदस्यहरु, प्रदेश पदाधिकारी र सदस्यहरु, जनवर्गीय संगठनका केन्द्रीय तहका नेताहरु, प्रदेश अध्यक्षहरु सहभागी छन् ।

सम्बन्धित खवर