मुख्य सामग्रीमा जानुहोस्
चौतारी Khabar

तिनबर्ष भित्रमा ८ क्रिकेट स्टेडीयम बनाउने सरकारको लक्ष्य

Oct 26, 2026 / चौतारी खबर

तिनबर्ष भित्रमा ८ क्रिकेट स्टेडीयम बनाउने सरकारको लक्ष्य

काठमाण्डौ कार्तीक ९ सरकारले नेपाल प्रिमियर लिग ९एनपीएल० ‘होम एन्ड अवे’ अवधारणामा सञ्चालन गर्ने गरी सरकारले ८ शहरमा रंगशाला निर्माणको काम अघि बढाइएको जनाएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आजदेखि सुरु भएको तेस्रो संस्करणको एनपीएललाई शुभकामना दिने क्रममा कम्तीमा ८ हजार दर्शक क्षमताको रंगशाला निर्माणको प्रक्रिया अघि बढेको बताउनुभयो ।फ्लडलाइट सुविधासहितको रंगशाला तीन वर्षभित्रै पूरा गर्ने लक्ष्य राखिएको मन्त्री लम्सालको भनाइ छ।

अहीले नेपाली क्रिकेटको पर्व, नेपाल प्रिमियर लिगको तेस्रो संस्करण आजदेखि सुरु भएको छ । ‘होम एन्ड अवे आधारमा खेल सञ्चालन गर्न सकिने गरी देशका आठ प्रमुख सहरहरूमा फ्लडलाइटसहित कम्तीमा ८ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला निर्माणको प्रक्रिया पूर्वाधार विकास मन्त्रालयले अघि बढाएको मन्त्री लम्सालले बताउनुभयो । यो कार्य सम्पन्न हुन सकेमा प्रिमीयर खेलहरु देशका बिभीन्न शहरहरुमा खेल्न सकीने र दर्शकहरुले आफ्नो आगनमा क्रिकेट हेर्न सक्नेछन् ।