मुख्य सामग्रीमा जानुहोस्
चौतारी Khabar

नेपालको मौलिक राष्ट्रिय संवत् नेपाल संवत् आजदेखि ११४७औँ वर्षमा प्रवेश गरेको छ।

Nov 10, 2026 / चौतारी खबर

नेपालको मौलिक राष्ट्रिय संवत् नेपाल संवत् आजदेखि ११४७औँ वर्षमा प्रवेश गरेको छ।

काठमाडौं, कात्तिक २४।

गरिब तथा ऋणमा डुबेका जनताको ऋणमोचन गराएको सम्झनामा यो संवत् सुरु भएको इतिहासमा उल्लेख छ। विशेषगरी नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने नेपाल संवत् नेपालको इतिहास, संस्कृति र पहिचानसँग जोडिएको छ। नेपाल संवत्को सुरुवात राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ अर्थात् सन् ८८० मा गराएको ऐतिहासिक मान्यता छ। उनले काठमाडौं उपत्यकाका गरिब तथा ऋणमा डुबेका जनताको ऋणमोचन गराएको सम्झनामा यो संवत् सुरु भएको इतिहासमा उल्लेख छ। नेपाल संवत् कुनै व्यक्तिको नामबाट नभई नेपालको नामबाट नामकरण गरिएको मौलिक संवत् हो। लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको यो संवत् मल्लकालमा राष्ट्रिय संवत्का रूपमा प्रयोग भएको थियो।नेपाल संवतको नयाँ वर्षका अवसरमा काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा र्‍याली, सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान गरिन्छ। यसै दिन नेवार समुदायले म्हः पूजा अर्थात् आत्मपूजा पनि गर्ने परम्परा छ।नेपाल सरकारले विसं २०६५ मा नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिने निर्णय गरेको थियो। यसले नेपालको मौलिक इतिहास, संस्कृति र राष्ट्रिय पहिचान संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। नेपाल संवत् ११४७ को अवसरमा सम्पूर्ण नेपालीमा न्हूदँया भिन्तुना