मुख्य सामग्रीमा जानुहोस्
चौतारी Khabar

पाल्पाको बल्ढ्याङगढीदेखि सुरु भएको मानिन्छ बलिहाङ तिहारको ऐतिहासिक परम्परा

Nov 8, 2026 / चौतारी खबर

पाल्पाको बल्ढ्याङगढीदेखि सुरु भएको मानिन्छ बलिहाङ तिहारको ऐतिहासिक परम्परा

पाल्पा कार्तीक २२

बलिहाङ तिहारदेखि म्हः पूजासम्म विविध संस्कृतिमा रमाउँदै नेपाली तिहार पर्बको सम्बन्ध पाल्पाका ऐतिहासिक राजा बलिहाङ राना मगर (बलिराजा) सँग जोडिएको जनश्रुति र ऐतिहासिक मान्यतासँग जोडीएको छ ।। बलिहाङ तिहार पनि भनिन्छ। यो नेपालको मौलिक सांस्कृतिक तथा ऐतिहासिक परम्परासँग जोडिएको पर्व हो। बलिहाङ तिहार विशेषगरी मगर समुदायमा प्रचलित परम्परासँग सम्बन्धित छ। जनश्रुतिअनुसार बलिहाङ नामका न्यायप्रेमी राजाको सम्झनामा यो पर्व मनाउने चलन सुरु भएको मानिन्छ। राजा निकै लोकप्रीय थिए जस्का कारण राजको मृत्युलाई भगाउन सारा राज्यका जनताले दि प्रज्वलन गरेर राजको मृत्य रोकेका थिए । किंवदन्तीअनुसार यमराजले बलिहाङ राजालाई लिन आउने हल्ला चलेपछी उनका प्रजाले राजाको जीवन रक्षाका लागि सामूहिक रूपमा पूजा, प्रार्थना, दीप प्रज्वलन र गीतसंगीत बजाएर रोकेको कथन छ । यसै परम्परासँग बलिहाङ तिहार जोडिएको छ बलिहाङ राना मगर र तिहारको सम्बन्ध जनश्रुति तथा केही इतिहासकारका व्याख्याअनुसार १४औँ शताब्दीतिर पाल्पाको बल्ढ्याङगढी क्षेत्रमा बलिहाङ राना मगरले शासन गरेका थिए। उनी न्यायप्रेमी र प्रजाप्रेमी राजा रहेको किंवदन्ती छ। आफ्नो मृत्युको खबर पाएपछि उनले प्रजालाई घरघरमा बत्ती बालेर उत्सव मनाउन भनेको कथन प्रचलित छ। यही परम्परालाई देउसी–भैलो र बलिराजाको प्रसंगसँग जोडेर व्याख्या गरिन्छ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज देशभर कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन मनाइँदैछ। यस वर्ष तिथिको संयोगका कारण कुकुर तिहार र लक्ष्मी पूजा एउटै दिन परेको हो। आज बिहानैदेखि घरघरमा कुकुरलाई फूलमाला लगाइदिने, निधारमा टीका लगाउने तथा मिठामिठा खानेकुरा खुवाएर पूजा गर्ने क्रम जारी छ। हिन्दू धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको दूत तथा मानिसको विश्वासिलो रक्षकका रूपमा लिने गरिन्छ। कुकुरलाई इमानदार, बफादार र मानिसको दुःखसुखको साथीका रूपमा सम्मान गर्दै तिहारको दोस्रो दिन कुकुर तिहार मनाउने परम्परा रहिआएको छ। यसैगरी आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिँदैछ। लक्ष्मी पूजाका अवसरमा घर, आँगन तथा पसलहरू सफा गरी दीप प्रज्वलन गर्ने, झिलिमिली बत्ती बाल्ने र घरको मूलढोकादेखि पूजाकोठासम्म रंगोली तथा फूलले सजाउने गरिन्छ। लक्ष्मीको स्वागतका लागि घरको ढोकादेखि पूजाकोठासम्म चामलको पिठो तथा अबिरले पाइला बनाउने चलनसमेत रहेको छ। आजको दिन लक्ष्मीको पूजा गरे घरमा सुख, शान्ति, समृद्धि र धनधान्य प्राप्त हुने धार्मिक विश्वास छ। कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेकाले यस वर्षको तिहार थप विशेष बनेको छ। बिहान जनावरप्रतिको प्रेम, सम्मान र कृतज्ञता प्रकट गर्दै कुकुरको पूजा गरिनेछ भने साँझ घरघरमा दीपावली गरी लक्ष्मीको स्वागत गरिनेछ। तिहारलाई फूल, बत्ती, प्रेम, सद्भाव र पारिवारिक सम्बन्धको पर्वका रूपमा लिइन्छ। पाँच दिनसम्म मनाइने यस पर्वमा काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार तथा भाइटीका मनाउने परम्परा छ। यस वर्ष भाइटीका कात्तिक २५ गते अर्थात् नोभेम्बर ११ मा मनाईदैछ ।