मुख्य सामग्रीमा जानुहोस्
चौतारी Khabar

भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा नेपाल पञ्चाङ्ग निर्णायक समिति

Nov 11, 2026 / चौतारी खबर

भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा नेपाल पञ्चाङ्ग निर्णायक समिति

काठमाण्डौ कार्तीक २५

तिहार पर्बको सम्बन्ध पाल्पाका ऐतिहासिक राजा बलिहाङ राना मगर (बलिराजा) सँग जोडिएको जनश्रुति र ऐतिहासिक मान्यतासँग जोडीएको छ ।। बलिहाङ तिहार पनि भनिन्छ। यो नेपालको मौलिक सांस्कृतिक तथा ऐतिहासिक परम्परासँग जोडिएको पर्व हो। बलिहाङ तिहार विशेषगरी मगर समुदायमा प्रचलित परम्परासँग सम्बन्धित छ। जनश्रुतिअनुसार बलिहाङ नामका न्यायप्रेमी राजाको सम्झनामा यो पर्व मनाउने चलन सुरु भएको मानिन्छ। राजा निकै लोकप्रीय थिए जस्का कारण राजको मृत्युलाई भगाउन सारा राज्यका जनताले दिप प्रज्वलन गरेर राजाको मृत्य रोकेका थिए । आज यम पञ्चकको अन्तीम दिन भाई टिका नेपालमा भाइटीकाको उत्तम साइत बिहान ११ः०७ मा बुधबार मनाइँदैछ । भाइटीका यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइत अनुसार भाइटीका यही कात्तिक २५ गते बुधबार बिहान मनाइँदैछ।समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ः०७ बजे रहेको छ। दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका तथा मखमली र सयपत्री फूलको माला लगाइदिएर दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा छ।धार्मिक मान्यताअनुसार यमराज र उनकी बहिनी यमुनासँग जोडिएको भाइटीका पर्वमा दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै पूजा गर्ने गर्दछन्। टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिने चलन छ। भाइटीका तिहारको पाँचौँ तथा अन्तिम दिन मनाइने महत्वपूर्ण पर्व हो। यस दिन देशभरका हिन्दू धर्मावलम्बीहरूले हर्षोल्लासका साथ भाइटीका मनाउने तयारी गरेका छन्।धार्मिक मान्यताअनुसार भाइटीकाका दिन दिदीबहिनीले पूर्व फर्केर र दाजुभाइले पश्चिम फर्केर टीका लगाउने विधि रहेको छ।यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका तथा मखमली र सयपत्री फूलको माला लगाइदिने परम्परा छ।