काठमाण्डौ कार्तीक २६ पूर्व उपप्रधानमन्त्री तथा नेकपा ९एमाले० का निलम्बित सचिव टोपबहादुर रायमाझी करिब ४२ महिनाको कैद सजाय भुक्तान गरी आज बिहीबार, कात्तिक २६, २०८३ आज बिहान डिल्लीबजार कारागारबाट रिहा भएका छन्। ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने २५ प्रतिशत कैद छुट सुविधाअन्तर्गत काठमाडौँ जिल्ला अदालतको संशोधित कैदीपुर्जीका आधारमा उनी थुनामुक्त भएका हुन्। नक्कली भुटानी शरणार्थी प्रकरण नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रुपैयाँ असुलेको बहुचर्चित नक्कली भुटानी शरणार्थी ठगी प्रकरण मा संलग्न रहेको अभियोगमा रायमाझी पक्राउ परेका थिए।२०८० वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि प्रहरीलाई छलेर ११ दिनसम्म फरार रहेका रायमाझीलाई वैशाख ३१ गते काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरिएको थियो। पक्राउ परेसँगै एमालेले उनलाई पार्टी सचिव पदबाट निलम्बन गरेको थियो। काठमाडौँ जिल्ला अदालतले उनलाई ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा दोषी ठहर गर्दै २०८३ असार ३० गते कुल ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना को फैसला सुनाएको थियो। ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले पाउने २५ प्रतिशत कैद मिनाहाको कानुनी सुविधाका कारण उनको ४ वर्षको सजाय ३ वर्षमा झरेको थियो। पुर्पक्षका लागि थुनामा बसेको अवधिसमेत गणना हुँदा करिब ४२ महिना कारागार बसेपछि उनी आज रिहा भएका हुन्। अर्घाखाँची जिल्लामा जन्मिएका रायमाझी नेपाली राजनीतिमा माओवादी जनयुद्धदेखि सत्ता राजनीतिमा सधैँ शक्तिशाली र चर्चित पात्रका रूपमा रहँदै आएका थिए । माओवादी राजनीति र युद्धकाल वि,सं, २०३१ सन् १९७४ देखि वामपन्थी राजनीतिमा सक्रिय रायमाझी तत्कालीन नेकपा माओवादी ले सञ्चालन गरेको १० वर्षे सशस्त्र जनयुद्धका प्रमुख नेतामध्ये एक थिए। उनी लामो समय डा बाबुराम भट्टराई निकट नेताका रूपमा चिनिन्थे।लगातार ४ पटक संसदीय जित शान्ति प्रक्रियामा आएपछि उनले गृहजिल्ला अर्घाखाँची बाट २०६४ र २०७० को संविधानसभा निर्वाचन तथा २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा लगातार चार पटक जित हासिल गरे। पार्टी परिवर्तन माओवादीबाट एमालेमा वि,सं, २०७७ मा तत्कालीन नेकपा विभाजन भएपछि उनी पुष्पकमल दाहाल प्रचण्डको साथ छोडेर केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले मा प्रवेश गरेका थिए। २०७८ मंसिरमा भएको एमालेको १०औँ महाधिवेशनबाट उनी पार्टीको सचिव पदमा निर्वाचित भएका थिए।महत्त्वपूर्ण राजकीय पदहरू रायमाझी पटक–पटक नेपाल सरकारको महत्त्वपूर्ण मन्त्रालय सम्हाल्ने नेतामा पर्छन्। उनले २०७२ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री को जिम्मेवारी सम्हालेका थिए भने त्यसअघि भौतिक योजना तथा निर्माण, स्थानीय विकास र शान्ति तथा पुनर्निर्माण मन्त्रीसमेत भइसकेका छन्।अबको राजनीतिक भविष्य के हुन्छ कारागारमुक्त भएपछि रायमाझीले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरिरहेको उनका निकटस्थहरूले बताएका छन्। उनी जेलमै रहँदा एमालेको ११औँ महाधिवेशन र २०८२ फागुनको संसदीय निर्वाचन भइसकेकाले पार्टीले उनलाई के जिम्मेवारी दिन्छ भन्ने विषयमा एमाले नेतृत्वले हालसम्म औपचारिक निर्णय गरिसकेको छैन।
भुटानी प्रकरणमा जेल परेका रायमाझी आज छुटे
Nov 12, 2026 / चौतारी खबर
