मुख्य सामग्रीमा जानुहोस्
चौतारी Khabar

यसपालीको तिहारमा फुलको कारोबार ४८ करोड हुने अनुमान

Oct 28, 2026 / चौतारी खबर

यसपालीको तिहारमा फुलको कारोबार ४८ करोड  हुने अनुमान

काठमाडौँ । कार्तीक ११

स्देशी उत्पादनलाई प्राथमीकता दिन पुष्प ब्यबसायीको आग्रह नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा बजारमा फूलमालाको माग बढेको छ। यस वर्षको तिहारमा देशभर करिब ५२ लाख फूलमाला खपत हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार फूलमालाको कारोबार मात्रै करिब ४८ करोड रुपैयाँ पुग्ने अनुमान छ।

फूलका बिरुवा र गमलासहित समग्र पुष्प व्यवसायको कारोबार ६४ करोड ५० लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। पछील्लो समय मुलुकको सात वटै प्रदेशमा पलुलको उत्पादनमा बृद्धी भएको संघले जनाएको छ । कुन फूलको माला कति खपत हुन्छ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार यस वर्षको तिहारमा सयपत्री, मखमली, गोदावरी र मिश्रित फूलका गरी ५१ लाख ८० हजार माला खपत हुने अनुमान छ। अनुमानित मागअनुसार ४५ लाख सयपत्री, ६ लाख मखमली, २० हजार गोदावरी र ६० हजार मिश्रित फूलका माला खपत हुनेछन्। गत वर्षको तुलनामा यस वर्ष सयपत्री फूलका मालाको माग पाँच लाखले बढ्ने अनुमान गरिएको छ।

कति माला नेपालमै उत्पादन, कति विदेशबाट आयात।

एसोसिएसनका अनुसार तिहारमा खपत हुने फूलमालाको करिब ८९ प्रतिशत माग स्वदेशी उत्पादनबाट पूर्ति हुने अनुमान छ। बाँकी करिब ११ प्रतिशत माग भने पूर्ण रूपमा स्वदेशी उत्पादनले धान्न नसक्ने देखिएको छ। यसको अर्थ करिब ५१ लाख ८० हजार मालाको मागमध्ये लगभग ४६ लाख माला स्वदेशी उत्पादनबाट आपूर्ति हुन सक्ने अनुमान छ। बाँकी करिब ५ लाख ७५ हजार मालाबराबरको माग अपुग हुन सक्छ। तर यो अभावको सम्पूर्ण हिस्सा औपचारिक आयातबाटै पूर्ति हुन्छ भन्ने होइन। खुला सीमाका कारण केही फूलमाला अनौपचारिक रूपमा पनि नेपाल भित्रिने गरेको व्यवसायीहरूको भनाइ छ।

मखमलीमा आत्मनिर्भर, सयपत्रीमा अझै चुनौती । नेपाल मखमली फूलको उत्पादनमा आत्मनिर्भर बनेको छ। तिहारमा मखमली फूलका माला विदेशमा समेत निर्यात हुने गरेका छन्। यस वर्ष करिब दुई लाख मखमली माला निर्यात हुने अनुमान गरिएको छ। तर सयपत्री फूलको माग बढ्दै जाँदा यसको उत्पादन र आपूर्तिमा चुनौती कायम छ। स्वदेशी उत्पादन विस्तार भए पनि मागअनुसार फूल उपलब्ध गराउन नसक्दा बजारमा आयातित फूलको प्रवेश हुने गरेको छ। पछिल्ला वर्षमा फूलखेती विस्तारसँगै व्यावसायिक उत्पादनमा किसानको आकर्षणसमेत बढ्दै गएको छ।

फूलमालाको मूल्य कति । फ्लोरिकल्चर एसोसिएसन नेपालको अनुमानअनुसार यस वर्ष थोक बजारमा एउटा सयपत्री मालाको औसत मूल्य ९० रुपैयाँ र मखमली मालाको मूल्य ४५ रुपैयाँ पर्नेछ। गोदावरी फूलको माला भने करिब एक हजार दुई सय रुपैयाँ र मिश्रित फूलको माला करिब चार सय रुपैयाँ पर्ने अनुमान छ। यी थोक मूल्यका अनुमान हुन्स खुद्रा बजारमा स्थान र मागअनुसार मूल्य फरक हुन सक्छ।

स्वदेशी फूल प्रयोग गर्न व्यवसायीको आग्रह तिहारमा लक्ष्मीपूजा, घर सजावट तथा भाइटीकाका लागि फूलमालाको प्रयोग बढी हुने गर्छ। चाडपर्वमा फूलको माग बढ्दा किसान तथा पुष्प व्यवसायीले राम्रो आम्दानी गर्ने अवसर पाउँछन्। व्यवसायीहरूले स्वदेशी फूल तथा माला प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेका छन्। स्वदेशी उत्पादनको प्रयोगले नेपाली किसानलाई बजार उपलब्ध गराउनुका साथै फूलखेतीको विस्तार र स्थानीय अर्थतन्त्रमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।