लुम्बिनी कार्तीक १४
लुम्बिनी प्रदेशको राजनीति यतिबेला मुख्यमन्त्री परिवर्तनको चर्चाले तातेको छ। नेकपा एमालेले वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यलाई हटाएर पूर्वमुख्यमन्त्री लीला गिरीलाई सरकारको नेतृत्वमा ल्याउने तयारी गरेपछि प्रदेशको सत्ता राजनीतिमा नयाँ बहस सुरु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले लीला गिरीलाई मुख्यमन्त्री परिवर्तनका लागि आवश्यक तयारी गर्न मौखिक निर्देशन दिएको भनेर बुझएपनी औपचारीक कुरा बाहीर आएको छैन । गिरी ले मुख्यमन्त्री परिवर्तनको प्रक्रिया सुरु भएको भनेपनी अहिलेसम्म नेकपा एमाललेले औपचारिक निर्णय गरीसकेको छैन। यस घटनालाई केवल मुख्यमन्त्री परिवर्तनका रूपमा मात्र नभई एमालेको आन्तरिक शक्ति सन्तुलन, शीर्ष नेताहरूबीचको समीकरण र एमाले–नेकपाबीचको सत्ता सहकार्यसँग जोडेर हेरिएको छ। मुख्यमन्त्री परिवर्तनको चर्चाको एउटा प्रमुख आधार एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपा बीच भएको सत्ता सहकार्यसम्बन्धी पूर्वसहमति हो। गत साउन १४ गते एमाले अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री आचार्य र पूर्वमुख्यमन्त्री गिरीबीच भएको छलफलमा सुरुमा आचार्यलाई मुख्यमन्त्रीमा निरन्तरता दिने र दसैँपछि गिरीलाई नेतृत्व हस्तान्तरण गर्ने प्रस्तावमा सहमति भएको श्रोतको दाबी छ । त्यही सहमतिलाई कार्यान्वयन गर्नुपर्ने पक्षले अहिले गिरीलाई मुख्यमन्त्री बनाउने विषय अघि सारेको देखिन्छ । लीला गिरी एमालेका पुराना नेता हुन्। अनुभबी शालीन नेताका रुपमा परीचीत उनी केपी ओलीलाई सघाउने पुराना नेता हुन । उनी यसअघि पनि ३ महीना लुम्बिनी प्रदेशको मुख्यमन्त्री भइसकेका छन्। यसअघि पार्टीभित्रको नेतृत्व र पुनर्गठनको बहसमा नेताहरूको फरक धारणा थियो। पछिल्लो समय अध्यक्ष ओलीसँग पौडेल र पोखरेल दुवैको सम्बन्ध र सहकार्यमा आएको परिवर्तनले लुम्बिनीको नेतृत्व फेरबदलको वातावरण बनाएको छ। मुख्यमन्त्री परिवर्तनको चर्चाप्रति नेपाली कम्युनिस्ट पार्टी नेकपा ले चासो देखाएको छ। नेकपाका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन अनन्तले लुम्बिनी आएर मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश सरकारमा सहभागी आफ्ना पार्टीका नेताहरूसँग छलफल गरेको बुझएको छ । झर्लक्क हेर्दा नेकपाका नेताहरूको चासोको मुख्य विषय प्रदेश सरकारको स्थायित्व र गठबन्धनको निरन्तरता देखिएको छ। नेकपाका तर्फबाट आर्थिक मामिलामन्त्री रहेका इन्द्रजित थारूका अनुसार वर्षमान पुनले सरकार परिवर्तनका कारण अस्थिरता बढे जनविश्वासमा असर पर्न सक्ने धारणा राखेका थिए। गठबन्धन सहकार्यलाई कमजोर बनाउने गरी अघि बढे सहकार्यबारे पुनर्विचार हुन सक्ने संकेतसमेत दिएको देखीन्छ । यसबाट अहिलेको सत्ता सहकार्य र सरकारको स्थायित्वलाई प्राथमिकता दिएको देखिन्छ। बर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यले पहीला सहमतीमा दशैपछी छाड्ने भनेपनी सत्ता सहज छाड्ने स्थीती देखीएको छैन । पार्टीले आधिकारिक निर्णय नगरेसम्म आफूले पद छाड्ने विषयमा कुनै निर्णय नभएको बताएका छन्। केपी ओलीकै ग्रीन सिग्नलका कारण आचार्यको मनोबल बढेको जानकारहरु बताउछन् । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको बहस एमालेको आन्तरिक शक्ति सन्तुलन र गठबन्धनको राजनीतिक सहमतिसँग जोडिएको छ। एकातिर एमालेभित्र पूर्वसहमति कार्यान्वयन गर्दै लीला गिरीलाई नेतृत्व दिनुपर्ने आवाज उठेको छ भने अर्कोतिर नेकपाले सरकारको स्थायित्वलाई प्राथमिकता दिए जस्तो गरी घुमाउरो पारामा आचार्यलाई बोकेको देखीन्छ भने लुम्बिनीका एमाले भित्रका केही मन्त्री र सांसदहरु पनी स्वार्थ प्रेरीत राजनीतीका कारण आचार्यबाट फाईदा लिन सहज हुने भएकाले उनका पक्षमा उभीएको देखीन्छ । यसकारण लुम्बिनीको मुख्यमन्त्री परिवर्तन केवल दुई नेताबीचको प्रतिस्पर्धा मात्र नभई प्रदेश सरकारको आगामी राजनीतिक दिशा निर्धारण गर्ने विषय पनी बनेको छ।
