मुख्य सामग्रीमा जानुहोस्
चौतारी Khabar

घरबाट चोरी भएको बन्दुक र गोली बरामद,

Nov 3, 2026 / चौतारी खबर

घरबाट चोरी भएको बन्दुक र गोली बरामद,

गुल्मी १७ कात्तिक,

गुल्मीको इस्मा गाउँपालिका–३ दर्लामचौर टारबाट चोरी भएको बन्दुक र गोली प्रहरीले बरामद गरेको छ । गत कात्तिक १५ गते स्थानीय राधा रिजालको घरको मुख्य ढोका फोडेर एकनाले बार बोर बन्दुक र ११ राउण्ड गोली चोरी भएको थियो । घरमा कोही नभएको अवस्थामा हतियार चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त बन्दुक मृतक राधा रिजालका श्रीमान् रामचन्द्र रिजालको नाममा लाइसेन्स नम्बर २६र७०२ मा दर्ता रहेको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले चोरी भएको बन्दुक र त्यसमा प्रयोग हुने १७ थान कार्टिज बरामद गरेको हो । चोरीमा संलग्न व्यक्ति नाबालक भएकाले प्रहरीले नाम र ठेगानासार्बजनीक गरेको छैन । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र विश्वकर्माले हतियार र कार्टिज बरामद गरी थप अनुसन्धान भइरहेको जानकारी दिए ।