मुख्य सामग्रीमा जानुहोस्
चौतारी Khabar

ठगी हुने बित्तीकै १२४७ मा कल गर्न प्रहरीको अनुरोध ।२४ घण्टे ‘एन्टी साइबर स्क्याम सेन्टर’ सञ्चालन

Nov 10, 2026 / चौतारी खबर

ठगी हुने बित्तीकै १२४७ मा कल गर्न प्रहरीको अनुरोध ।२४ घण्टे ‘एन्टी साइबर स्क्याम सेन्टर’ सञ्चालन

काठमाण्डौ कार्तीक २४ साइबर ठगी नियन्त्रणमा नयाँ आईजीपी मनोजकुमार केसीको सक्रियता,. नेपालमा अनलाइन ठगी, डिजिटल बैंकिङमार्फत रकम चोरी, सामाजिक सञ्जालको दुरुपयोग तथा विभिन्न प्रलोभन देखाएर सर्वसाधारणलाई ठग्ने घटना बढ्दै गएपछि नयाँ प्रहरी महानिरीक्षक आईजीपी डा मनोजकुमार केसीले साइबर अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेका छन्। साइबर अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले नयाँ अभियानअन्तर्गत २४ घण्टा सञ्चालन हुने एकीकृत साइबर ठगी प्रतिक्रिया केन्द्र सञ्चालनमा ल्याएको छ।नयाँ आईजीपी केसीको नेतृत्वमा अघि बढाइएको यो पहललाई डिजिटल ठगी नियन्त्रण र पीडितको रकम जोगाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। ठगी हुने बित्तीकै १२४७ मा कल गर्न प्रहरीले अनुरोध गरेको छ ।