मुख्य सामग्रीमा जानुहोस्
चौतारी Khabar

परम्परागत सराय नाचको उत्सब

Oct 25, 2026 / चौतारी खबर

परम्परागत सराय नाचको उत्सब

अर्गाखाची असोज ८ लुम्बिनी प्रदेशको अर्गाखाचीमा सराय नाचकाृे रौनक हातमा तरवार र खुँडा, पञ्चेबाजाको वाख्खै ह्वा उत्साहपूर्ण स्थानीयको उपस्थीती रौनक नै अर्के । दसैँको अन्तीम दिन कोजाग्रत पुर्णीमा उल्लाससँगै अर्घाखाँचीका शक्ति पीठ तथा भगवती मन्दिरमा गरीने यो परमपरा अलौकीक छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म विभिन्न दिनमा नाचिने सराय अर्घाखाँचीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत नाच हो। आसुरी शक्तिमाथि दैवी शक्तिले विजय प्राप्त गरेको खुसीयालीमा यो नाच नाच्ने परम्परा रहेको स्थानीय अगुवाहरुको भनाई छ। सराय नाचका बारेमा पाणीनी क्याम्पसका प्राध्यापक माधब चुंदालीका अनुसार २२ से २४ राज्यका बेलामा मगर राज्य अन्त्य गरेको खुसीयालीमा यो सराय मनाउने प्रचलन भएको बताउनुहुन्छ। अर्घा मन्दीर संरक्षण समीतीका अध्यक्ष सरोज भुषालको भनाई अनुसार भने असत्य माथी सत्यको बिजय भएको अर्थात दानबीय शक्तीका बिरुद्ध भगबतीले बध गरेपछीको उत्सबका रुपमा सराय नाच नाच्ने सस्कृती परापर्ब कालदेखीनै भएको बताउनुहुन्छ । अर्घाखाचीमा मात्रै करीब २५ ठाउमा यो नाच नाच्ने गरीन्छ । यसका अलाबा लुम्बिनी प्रदेशका बिभीन्न जिल्लाहरु पाल्पा गुल्मी सहीत बिभीन्न जिल्लाहरुमा मनाउने परम्परा छ । यसका धार्मीक मान्यता तथा रानैतीक तथा बिभीन्न मान्यताका सन्दर्भमा भने बिभीन्न दाबी भएतापनी खोज अनुसन्धानको बिषय बनेको छ । यसैगरी रुपन्देहीमा पनी बिभीन्न जिल्लाबाट बसाई सराई गरेर आएका हरुले जितगढी तथा देबीनगरमा पनी सराय मेलाको आयोजना गरेर मनाउने तयारी गरेका छन् ।