मुख्य सामग्रीमा जानुहोस्
चौतारी Khabar

पहाडकी रानि जाजरकोट पर्यटन गन्तब्य

Nov 13, 2026 / चौतारी खबर

पहाडकी रानि जाजरकोट पर्यटन गन्तब्य

जाजरकोट प्राकृतिक सौन्दर्य र ऐतिहासिक पहिचान बोकेको जाजरकोट, पर्यटनको ठूलो सम्भावना जाजरकोट। कर्णाली प्रदेशको पहाडी जिल्ला जाजरकोट प्राकृतिक सुन्दरता, ऐतिहासिक सम्पदा, मौलिक संस्कृति र पर्यटकीय सम्भावनाले भरिपूर्ण जिल्ला हो। पहाड, हरियाली, खोला, नदी तथा परम्परागत बस्तीले जाजरकोटलाई छुट्टै पहिचान दिएका छन्।

जाजरकोटको सदरमुकाम खलंगा ऐतिहासिक महत्त्व बोकेको क्षेत्र हो। यहाँको पुरानो दरबार, स्थानीय कला, संस्कृति र रहनसहनले जिल्लाको ऐतिहासिक पहिचान झल्काउँछन्। जिल्लामा रहेका धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थल, परम्परागत खानपान र स्थानीय जीवनशैली पर्यटकका लागि आकर्षणका विषय बन्न सक्छन्। विशेषगरी ग्रामीण पर्यटन, पदयात्रा र सांस्कृतिक पर्यटनको विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको छ। तर सडक, पूर्वाधार, प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनको अभावमा जाजरकोटका धेरै सम्भावनायुक्त क्षेत्र अझै ओझेलमा छन्।

स्थानीय सम्पदाको संरक्षण, व्यवस्थित पूर्वाधार निर्माण र प्रभावकारी प्रचारप्रसार गर्न सके जाजरकोटलाई कर्णालीकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने देखिन्छ।

जाजरकोट केवल पहाडी जिल्ला मात्र होइन, प्राकृतिक सुन्दरता, इतिहास र संस्कृतिको अनुपम संगम पनि हो। प्रकृतीले दिएको सुन्दर भेरी नदी र झरना प्रकृतीको अनुपम उपहार हेर्न बाह्य तथा आन्तरीक पर्यटक याहा आउने गर्छन जस्ले आम्दानिको श्रोत बढाएको छ ।