मुख्य सामग्रीमा जानुहोस्
चौतारी Khabar

प्रहरी संगठनमा धमीरा लाग्यो प्रहरी प्रमुख दान बहादुर कार्की

Oct 28, 2026 / चौतारी खबर

प्रहरी संगठनमा धमीरा लाग्यो प्रहरी प्रमुख दान बहादुर कार्की

बुटवल,कार्तीक ११ प्रहरी संगठनमा धमीरा लाग्यो प्रहरी प्रमुख दान बहादुर कार्की । प्रहरी महानिरीक्षक ९आईजीपी० दानबहादुर कार्कीले देशभरका कार्यालय प्रमुखलाई चाडपर्व लक्षित सुरक्षा निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमबाट कार्कीले संगठन प्रमुखका विरुद्ध विभिन्न सञ्चारमाध्यममा अभीयान सञ्चालन गरेको भन्दै त्यस्तो कार्यबाट संगठनलाई र सिङ्गो सुरक्षा अवस्थालाई प्रतिकूल असर पार्ने बताउनुभयो । सो भर्चुअल बैठकमा केही अधिकृतलाई सांकेतिक रुपमा ‘अफवाहको खेती चलाइएको’ आरोप लगाउनुभयो । चाडपर्बको बेलामा हुने बिभीन्न घटनामा सजग रहन कार्कीले निर्देशन दिएको हो । आईजीपी कार्कीले आजको आईजीपीलाई विभिन्न मिडियामा अतिरञ्जित ‘गर्ने–गराउने’ कामले भोलिका दिनहरु सुरक्षित वा आलोचनामुक्त नहुने धारणा राख्नुभयो । संगठनको मर्यादा बिर्सेर क्षणीक लदाभको लागी काम गर्दा सस्थागत मर्यादा सकीने कार्कीले चेतापनी दिनुभयो । केही व्यक्तिले बर्दीबाहेक केही नदेखेको भन्दै बर्दीभन्दा बाहिर पनि सिंगो दुनिया रहेको भन्दै त्यस्ता धमिराहरुले संगठनलाई नै कमजोर बनाउने वाहाको भनाइ थियो । संगठनभित्रकै केही व्यक्तिले व्यवसायिक मर्यादा बिर्सेर आइजिपीविरुद्ध मिडियाबाजी गर्ने,बेनामी उजुरीहरु पठाउने र प्रधानमन्त्रीको सचिवालयलगायतका ठाउँमा झुठा कुरा लगाएर आफू नजिक हुन खोज्ने प्रवृतिको शिकार नेपाल प्रहरी बनिरहेको वाहाको दाबी छ ।