मुम्बै मंसीर ९
मुम्बईमा ुवर्ल्ड मेयर्स फोरम २०२६ु सुरु, विश्वभरका नगरप्रमुखहरू भेला यही ९ र मङ्सिर १० नोभेम्बर २५, २०२६० । विश्वभरका सहरहरूको दिगो विकास, सहरी पूर्वाधार र जलवायु संकट समाधानका उपायबारे छलफल गर्न भारतको आर्थिक राजधानी मुम्बईमा ‘वर्ल्ड मेयर्स फोरम २०२६’ सुरु भएको छ। आज नोभेम्बर २५ बाट सुरु भएको यो दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन भोलि नोभेम्बर २६ सम्म चल्नेछ।
अल इन्डिया इन्स्टिच्युट अफ लोकल सेल्फ गभर्नमेन्ट को आयोजनामा मुम्बईस्थित होटल फेयरमोन्टमा भइरहेको यस सम्मेलनमा भारतसहित विभिन्न देशका नगरप्रमुख मेयर नीति निर्माता, सहरी योजनाविद् तथा विज्ञहरूको सहभागिता रहेको छ। सम्मेलनको उद्घाटन सत्रमा महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस, उपमुख्यमन्त्री एकनाथ शिन्दे, मुम्बईकी मेयर रितु तावडे तथा जी–२० का पूर्व शेर्पा अमिताभ कान्तलगायतका उच्च अधिकारीहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
दुई दिनसम्म चल्ने सम्मेलनमा सहरी शासन र भविष्यका सहर निर्माणसँग सम्बन्धित विभिन्न प्राविधिक सत्रहरूमा गहन छलफल भइरहेको छस्जलवायु संकट र सहरस् जलवायु परिवर्तनको अग्रपंक्तिमा रहेका सहरहरूले भोग्नुपरेका चुनौती र हरित ऊर्जा तर्फको रूपान्तरण। सुरक्षित सहर र यातायात मेकिङ एभ्री सिटी सेफु अन्तर्गत सहरी सुरक्षा, विपद् व्यवस्थापन र सार्वजनिक यातायात प्रणालीको सुधार।स्मार्ट पूर्वाधार भूमिगत तथा आधुनिक सहरी पूर्वाधार विकास, नदी किनारका सहरहरूको संरक्षण र महानगरीय सुशासन।सम्मेलनले स्थानीय सरकारहरूबीचको अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो बनाउँदै तीव्र सहरीकरणका समस्या समाधान गर्न साझा मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।










