मुख्य सामग्रीमा जानुहोस्

दसौं राष्ट्रिय खेलकुदमा औपचारिक उद्घाटनअघि नै प्रतिस्पर्धा सुरु, पौडीमा दुई राष्ट्रिय कीर्तिमान

२०८३-०८-०९ / चौतारी खबर

दसौं राष्ट्रिय खेलकुदमा  औपचारिक उद्घाटनअघि नै प्रतिस्पर्धा सुरु, पौडीमा दुई राष्ट्रिय कीर्तिमान

वीरेन्द्रनगर सुर्खेत ९ मंसिर

कर्णाली प्रदेशमा आयोजना भइरहेको नेपाली खेलकुदको सबैभन्दा ठूलो कुम्भमेला दसौं राष्ट्रिय खेलकुद को औपचारिक उद्घाटन ९मंसिर १६ गते० हुनुभन्दा एक साताअघि नै विभिन्न ५ खेलका प्रतिस्पर्धा सुरु भएका छन्। ३२ खेलका ३८४ स्पर्धा समावेश यस प्रतियोगिताको पहिलो दिन नेपालगन्जमा भएको पौडीतर्फ दुई खेलाडीले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।पौडीमा कीर्तिमानी सुरुवात र पदक तालिका नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा मंगलबार सम्पन्न २३औं राष्ट्रिय पौडी च्याम्पियनसिप तथा दसौं राष्ट्रिय खेलकुदको पहिलो दिन ११ स्पर्धाको छिनोफानो हुँदा दोहोरो राष्ट्रिय कीर्तिमान भंग भएको हो। विकास कुमाल ९कोशी प्रदेश०स् २२ वर्षीय कुमालले पुरुष ५० मिटर ब्रेस्टस्ट्रोक स्पर्धा ३०।६४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका छन्। उनले सन् २०२३ मा काठमाडौंमा सम्पन्न ११औं एनएसए कपमा आफैंले बनाएको ३०।६६ सेकेन्डको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्। लिली बोहरा ९एनआरएनए०स् गैरआवासीय नेपाली संघ को प्रतिनिधित्व गरेकी १५ वर्षीया लिलीले महिला ४०० मिटर व्यक्तिगत मिड्लेतर्फ ५ मिनेट १७।०१ सेकेन्डको समय निकाल्दै स्वर्ण जितिन्। उनले सन् २०१६ को ११औं सागमा सोफिया शाहले बनाएको ५ मिनेट ४८।५४ सेकेन्डको पुरानो कीर्तिमान हिट चरण र फाइनलमा गरी दुई पटक भंग गरेकी हुन्। यसै स्पर्धाको हिट चरणमा आर्मीकी डुआना लामाले पनि पुरानो कीर्तिमान तोडेकी थिइन्।

बागमती प्रदेश का अविव प्रधान एक्लैले ३ स्वर्ण तथा मिक्स ४×५० मिटर फ्रिस्टाइल रिलेमा स्वर्ण

एनआरएनए का तर्फबाट लिली बोहराको कीर्तिमानी स्वर्णसहित उत्कृष्ट सुरुवात

नेपाल पुलिस क्लब मायोन श्रेष्ठले पुरुष १,५०० मिटर फ्रिस्टाइलमा प्रतियोगिताकै पहिलो स्वर्ण जिते

भने कोशी प्रदेशका विकास कुमालको कीर्तिमानी स्वर्ण शुरुवात गरेका छन्। बिभीन्न बिधामा उद्घाटन अघी भएका खेलहरु हुन

यस विधाबाट

सम्बन्धित समाचार

पढ्दै जानुहोस्

थप समाचार

न्युजरूमका थप ताजा समाचारहरू पढ्दै जानुहोस्।

समाचारभारतको मुम्बईमा वर्ल्ड मेयर्स फोरम शुरु ।२०८३-०८-०९ / चौतारी खबरसमाचारभैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने सहमति प्राबीधीक छलफल गर्न बाकी।२०८३-०८-०९ / चौतारी खबरअर्थनेप्से परिसूचक १५.३९ अंकले उकालो, साढे ५ अर्बको कारोबार२०८३-०८-०८ / चौतारी खबरसमाचारनेपाल भारत संयुक्त सुर्यकिरण शैन्य अभ्यास मंसीर ९ देखी रुपन्देहीको शाल्झण्डीमा हुदै२०८३-०८-०८ / चौतारी खबरसमाचारबागडोगरा विवादमा सरकारको स्पष्टीकरण, सैन्य उडानलाई अनुमति नदिएको दाबी२०८३-०८-०८ / चौतारी खबरसमाचारनेपाल मगर संघ शाखा यूएईको २०औँ साधारणसभा सम्पन्न, मगर एकता र पहिचान संरक्षणमा जोड२०८३-०८-०७ / चौतारी खबर