भैरहवा मसीर ९
प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच हाल एकतर्फी रहेको काठमाडौं–भैरहवा–लखनउ ९द्यघद्धछ० हवाई रुटलाई दुईतर्फी बनाउन सहमति भएको छ। प्राविधिक परामर्शपछि छिट्टै कार्यान्वयनमा आउने यस सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ।
करिब ३५ अर्ब रुपैयाँको लगानीमा निर्माण भई २०७९ जेठ २ गते उद्घाटन भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भारतले पश्चिमी हवाई प्रवेश बिन्दु ९भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर नदिँदा पूर्ण क्षमतामा सञ्चालन हुन सकेको थिएन।
नेपालले विगत एक दशकदेखि भारतसँग भैरहवा लगायतका पश्चिमी नाकाबाट हवाई प्रवेश मार्ग माग गर्दै आएको थियो। प्रधानमन्त्री शाहको भ्रमणमा भएको यो सहमतिलाई भैरहवा विमानस्थलको व्यावसायिक सफलता र लुम्बिनी प्रदेशको आर्थिक विकासका लागि ब्रेकथ्रुु महत्वपूर्ण उपलब्धि का रूपमा हेरिएको छ।एकतर्फी रुटको अन्त्य हालसम्म भारतको लखनउ हुँदै आउने विमानका लागि भैरहवा प्रवेश गर्ने सहज सीधा हवाई मार्ग थिएन, जसका कारण विमानहरूले लामो दूरी घुमेर सिमराको आकाश प्रयोग गर्नुपर्ने बाध्यता थियो। नयाँ सहमतिसँगै अब भैरहवाको आकाशबाट सीधा प्रवेश र बहिर्गमन दुवै सम्भव हुनेछ।प्राविधिक कार्यान्वयनस् दुवै देशका नागरिक उड्डयन प्राधिकरणका प्राविधिक टोलीबीच आवश्यक सुरक्षा तथा प्राविधिक परामर्श पूरा गरी यसलाई छिट्टै कार्यान्वयनमा ल्याइने संयुक्त वक्तव्यमा उल्लेख छ।
कम उचाइको उडानमा सहजता विशेषगरी साना तथा मझौला क्षेत्रीय विमान लगायतहरूलाई भारतका नजिकका सहरहरू लखनउ, पटना, वाराणसी बाट भैरहवा सिधा उडान भर्न बाटो खुलेको छ।
अबका दिनमा उडान समय र इन्धन सिमरा हुँदै घुमेर आउनुपर्दा उडान समय १५–२० मिनेट लामो र इन्धन खर्च बढी थियो भने
सीधा रुट प्रयोग हुँदा समय र इन्धन दुवैको बचत भई वायुसेवा कम्पनीको सञ्चालन खर्च घट्ने अनुमान गरीएको छ ।
हवाई भाडादर सञ्चालन खर्च उच्च हुँदा यात्रुले महँगो टिकट काट्नुपरेको थियो खर्च घटेसँगै भैरहवाबाट हुने अन्तर्राष्ट्रिय तथा क्षेत्रीय उडानको टिकट सस्तो हुनेछ। विमानस्थलको नियमितता रुट अभाव देखाउँदै विदेशी वायुसेवा कम्पनीहरूले नियमित उडान गर्न अनिच्छा देखाएका थिएभने यो सञ्चालनमा आउदा अन्तर्राष्ट्रिय एयरलाइन्सहरू भैरहवाबाट नियमित उडान भर्न आकर्षित हुनेछन्।
अर्कोतर्फ पर्यटन र व्यापार लुम्बिनी आउने पर्यटक र कार्गो ढुवानीमा कठिनाइ थियो। बौद्ध धर्मावलम्बी पर्यटकको आगमन बढ्नुका साथै भैरहवा विशेष आर्थिक क्षेत्र को व्यापार फस्टाउने ब्यबसायीहरुको अपेक्षा छ । लुम्बिनीमा अर्बो खर्चेर बनाएका तारे होटल सहीत बिभीन्न पर्यटन ब्यबसायहरु को लगानी सरक्षीत हुनेछ ।










