नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना – Chautari Khabar

नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना

काठमाडौं । नेपालको पश्चिमी भुभागबाट बुधबार साँझ नेपाल प्रवेश गरेको न्युन चापिय प्रणालीले देशभरको मौसम चिसिएको छ । आज बिहान मौसम मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ, प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रम घट्दै देशैभरी चिसो बढ्ने देखिन्छ ।
यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना छ ।
यो प्रणाली अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू–भागमा समेत हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै यस प्रणालीका कारण देशका पश्चिमी भू–भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू–भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
बुधबार बाट शुरू भएको यो मौसमी प्रणाली शनिबार सम्ममा अन्त्य हुने छ ।

सम्बन्धित खवर