झापा /राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले कांग्रेस, एमाले लगाएतका नयाँ भनिएका दलहरु समेत भ्रष्ट्राचारमा लिप्त भएकोले देश सधै पछि परेको भन्दै उनले यि पार्टीहरुले जति बर्ष नेतृत्व गरेपनि देशमा कुनै परिवर्तन नहुने जिकिर गरेका छन् ।
आज राप्रपा भद्रपुरको पाचौं नगर अधिवेशनलाई उद्घाटन गर्दे उनले देशलाई विकास गर्ने एकमात्र वैकल्पिक पार्टी राप्रपा भएको भन्दै अब नवनिर्वाचित हुने कार्यसमितिलाई इमान्दार भएर देश र जनताको पक्षमा प्रभावकारी ढंगले नेतृत्व गर्न शुभकामना दिएका थिए ।
उनले कार्यक्रमलाई सम्बोधन गर्दै प्रशस्त मात्रामा बिद्युत उत्पादन र व्यापार गर्न सक्ने सम्भावना हुदाँ हुदै पनि त्यसमा ध्यान नदिएर सरकारले अर्थतन्त्र कमजोर बनाएको आरोप लगाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी भद्रपुरको पाचौँ नगर अधिवेशन राजकुमार राईको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ ।