अनुचित कार्य गर्न दबाब दिँदै अदालत भित्रै नासु प्रेमिका माथि वकिलको हमला – Chautari Khabar

अनुचित कार्य गर्न दबाब दिँदै अदालत भित्रै नासु प्रेमिका माथि वकिलको हमला

ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि एकजना कानुन व्यवसायीले कार्यकक्षमै आक्रमण गरेका छन् ।

हिजो दिँउसो कार्यकक्षमा काम गरिरहेको अवस्थामा कानुन व्यवसायी अमिर लामिछानेले उनीमाथि हमला गरेका हुन् । नियमविपरीत कार्य गर्नका लागि अनुचित दबाब दिँदै उनले नासु तामाङलाई हातपात गरी गम्भीर घाइते बनाएको नेपाल निजामती कर्मचारी संगठनले जनाएको छ ।

आफूलाई विद्धान कानुन व्यवसायी भन्ने लामिछाने व्यवहारमा अलिकति पनि लायक नभएको उल्लेख गर्दै संगठनले महिला कर्मचारीमाथि भौतिक आक्रमण हुनु खेदजनक भएको बताएको छ ।

‘नासु प्रेमिका तामाङमाथि आफ्नो कार्यकक्षमा कार्यरत रहेको अवस्थामा रहेका बेला नियमविपरीत कार्य गर्नका लागि अनुचित दबाब दिँदै, आफूलाई विद्धान कानुन व्यवसायी भन्ने तर व्यवहारमा त्यसको लागि अलिकति पनि लायक नभएका, अमिर लामिछाने नामधारी व्यक्तिले अमानवीय ढंगले हमला गरेको हातपात गरी घाइते बनाएको कार्यले हामीलाई दुःखित बनाएको छ’, संगठनद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

संगठनले उक्त कार्यको घोर भर्त्सना गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ । त्यस्तै, अदालतमा भयरहित र स्वतन्त्र ढंगले काम गर्ने वातावरण बनाउन सरोकारवालाहरुसंग माग गरिएको छ ।

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260