पाकिस्तानी सेनाको पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला प्रति आपत्ति – Chautari Khabar

पाकिस्तानी सेनाको पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला प्रति आपत्ति

इस्लामाबाद । पाकिस्तानी सेनाले पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई अदालतले मृत्युदण्डको फैसलापछि आपत्ति जनाएको छ । मेजर जनरल आसिफ गफूरले उक्त फैसलाले ‘अनगिन्ति पीडा र वेदना दिएको’ प्रतिक्रिया दिएका छन् ।

पाकिस्तानको इतिहासमै पूर्वराष्ट्रपतिमाथि अदालतले यसरी मृत्युदण्ड सुनाएको पहिलो घटना हो । मुशर्रफमाथि अदालतको फैसलापछि उच्च सैन्य अधिकारीहरुको बैठक समेत बसेको थियो । ‘पूर्व सेनापति, संयुक्त चिफ अफ स्टाफ र पाकिस्तानी राष्ट्रपति, जसले ४० वर्ष देशको सेवा गरे, युद्ध लडे, उनी कहिल्यै देशद्रोही बन्न सक्दैनन्’ सेनाले निकालेको विज्ञप्तिमा उल्लेख छ । ‘पाकिस्तानको संविधान अनुसार न्याय हुने अपेक्षा सेनाले लिएको छ,’ समेत सेनाको विज्ञप्तिमा उल्लेख छ ।
मंगलबार बिहान पाकिस्तानको अदालतले मुशर्रफलाई मृत्युदण्डको फैसला सुनाएको थियो । मुशर्रफ यही महिना मात्रै नियमित उपचारका लागि दुबइमा गएका थिए ।

अदालतको फैसलापछि मुशर्रफले प्रतिक्रिया दिदै ‘मैले १० वर्षसम्म देशलाई सेवा गरेको छु, म देशका लागि लडेको छु,’ भनेका छन् । उनीमाथि २०१३ मा देशद्रोहको मुद्दा लगाइएको थियो ।

सम्बन्धित खवर