जे.बि. स्कुलले आयोजना गरेको चित्रकला प्रतियोगिता सम्पन – Chautari Khabar

जे.बि. स्कुलले आयोजना गरेको चित्रकला प्रतियोगिता सम्पन

जे.बि. स्कुलले आयोजना गरेको प्रथम अन्तर–विद्यालय स्तरीय चित्रकला प्रतियोगिता शनिबार सम्पन भएको छ ।

दुई वटा विधामा १७ विद्यालयका ६८ विद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा सिनियर समूह तर्फ ज्ञानचक्षु एकेडेमी र जुनियर समूह तर्फ नेशनल आइडियल इङ्गलिस स्कुल प्रथम भएका छन् । कक्षा ५ देखि कक्षा ७ सम्मका विद्यार्थीहरुको जुनियर समूह र कक्षा ८ देखि ९ सम्मको सिनियर समूह तय  गरिएको थियो ।

सिनियर तर्फ ज्ञानचक्षुका बिबेक तामाङ्ग प्रथम, ब्राइट फिल्ड स्कुलका सुजन सेन्चुरी द्वितिय तथा गोलढुङ्गा अर्किड स्कूलका अमोन बि.क. तृतिय भएका थिए । त्यस्तै जुनियर तहमा नेशनल आइडियल इङ्गलिस स्कूलका आकृष्ट राज महतो प्रथम, गोलढुङ्गा अर्किड स्कूलका रोशन थापा मगर द्वितिय तथा ग्रीनल्याण्ड स्कूलकी परी गुरुङ्ग तृतीय भएका थिए ।

विजयी विद्यार्थीहरुलाई प्रमुख अतिथि एवं बुढानिलकण्ठ नगरपालिकाका शिक्षा शाखा प्रमुख श्री जगन्नाथ उपाध्याय र विद्यालयका संस्थापक प्रिन्सिपल श्री रोशन कुमार थापाले ट्रफी, मेडल तथा प्रमाणपत्रद्वारा सम्मान गरेका थिए ।

कार्यक्रम  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नारायण रोकाको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर