मुलुकमा अझै एउटा क्रान्तिको आवश्यकता – अध्यक्ष यादव – Chautari Khabar

मुलुकमा अझै एउटा क्रान्तिको आवश्यकता – अध्यक्ष यादव

जनकपुरधाम । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अझै एउटा क्रान्तिको आवश्यकता रहेको बताएका छन् ।

समाजवादी युवा संघ महोत्तरीको प्रथम जिल्ला सम्मेलनलाई उद्घाटन गर्दै अध्यक्ष यादवले विगतमा भएको तीन वटा क्रान्तिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गराए पनि मुलुकमा कायम रहेको एउटै वर्गको शासन अन्त गरि सबैको साझा मुलुक निर्माणको लागी अझै क्रान्ति गर्नु पर्ने आवश्यकता रहेको औल्याएका छन् । उत्पीडन, शोसन र दमन विरुद्धका साथै समानान्तर राजनीतिक अधिकारका लागि संघर्ष जारी नै रहेकोले नयाँ क्रान्तिका लागि तैयार भएर बस्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

संविधानमा रहेको त्रुटीहरुलाई सच्याउदै सबैको संविधान निर्माणको लागि आफुहरु नेकपालाई दुई तिहाई पु¥याउन २ बुन्दे सहमति गरि सरकारमा सहभागी भए पनि नेकपा आफनै सहमतिबाट पछि हटेकोले आफुहरुले सरकार छाडेको बताउदै उनले अबको आन्दोलन सडक र सदनबाट हुने समेत स्पष्ट पारे ।

युवा संघ महोत्तरीका अध्यक्ष मुकेश यादवको अध्यक्षतामा सम्पन्न भएको उक्त उद्घाटन सत्रमा समाजवादी पार्टीका उपाध्यक्ष एवं प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोनलको बलमा स्थापित संघीयतालाई संस्थागत गर्ने जिम्मा उत्पिडित वर्गको नै रहेको उल्लेख गरेका थिए । उनले संगठन नै सबै भन्दा ठुलो शक्ति रहेको बताउदै सम्पुर्ण युवाहरुलाई सगठन निर्माण जुट्न आग्रह समेत गरे ।

उक्त कार्यक्रममा पार्टीका राष्ट्रिय उपाध्यक्ष रेणु यादव, केन्द्रिय कोषाध्यक्ष एवं प्रदेश नं.२ का अध्यक्ष विजय कुमार यादव, केन्द्रिय सदस्य हरिनारायण यादव, केन्द्रिय सदस्य एवं युवा संघका केन्द्रिय अध्यक्ष योगेन्द्र राय, पार्टीका जिल्ला अध्यक्ष नागेन्द्र यादव सहितका वक्ताहरुले सम्मेलनको सफलताको कामना गर्दै युवाहरुलाई संगठनमा जुटन आग्रह गरेका थिए ।

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260