“जारी” गर्दै उपेन्द्र सुब्बा – Chautari Khabar

“जारी” गर्दै उपेन्द्र सुब्बा

काठमाण्डौ \ कवि उपेन्द्र सुब्बा निर्देशित चलचित्र “जारी”को फर्स्ट लुक्स सार्वजनिक भएको छ । आउँदो वर्ष २०७७ जेठ २३ गतेबाट प्रदर्शन हुने फिल्म जारीको फर्स्ट लुक्स सार्वजनिक भएको निर्देशक उपेन्द्र सुब्बाले जानकारी दिए ।

“जारी” मार्फत उनी चर्चित कवि र पटकथा लेखक हुँदै निर्देशक बनेका छन् । नेपाली सिनेमा क्षेत्रमा चर्चित फिल्म निर्देशक रामबाबु गुरुङ भने जारीको निर्माताका रूपमा देखा परेका छन् ।”जारी”लाई सिनेमा आर्ट्सले प्रस्तुत गरेको हो भने सुब्बा आफैले लेखेका हुन् ।

जारीमा दयाहाङ राई, मेरुना मगर, प्रेम सुब्बा, बिजय बराल, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणी नेपाल, पुष्कर गरुङ लगायत कलाकारहरुको अभिनय देखिनेछ । नेपाली भाषामा जारी सव्दको बहुअर्थ छ । जारी भन्नाले चलनचल्तीको वा लागू गरिएको भन्ने अर्थ पनि लाग्छ । त्यस्तै जारी भन्नाले अर्काकी श्रीमती राजी गराई आफ्नो श्रीमती बनाउने कार्य भन्ने अर्थ पनि लाग्छ ।

त्यस्तै लिम्बू र याक्खा समुदायमा कुनै पुरुषले अर्काकी श्रीमती भगाएर ल्याएमा पहिलो श्रीमानलाई दोस्रो श्रीमानले तिर्नुपर्ने सामाजिक दण्डका रूपमा जारी तिराउने/तिर्ने परम्परा छ । तर, फिल्म कुन पृष्ठभूमिमा बनेको छ भन्ने बारे निर्माण पक्षले मुख खोलेको भने छैन । यो विषय रहस्यमै छ । फिल्म पाँचथरका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको निर्माण पक्षले बताएको छ ।

सम्बन्धित खवर