सुनसान उपत्यका – Chautari Khabar

सुनसान उपत्यका

काठमाडौँ / कोभिड–१९ को सम्भावित जोखिमबाट बच्न सरकारले विद्यालय, क्याम्पस, कार्यालयहरु र सार्वजनिक स्थलहरु बन्द गरेपछि उपत्यका सुनसान बनेको छ ।

कोरोना भाइरस कोभिड १९ रोकथामका लागि सरकारले आइतबारबाट अत्यावश्यक काम बाहेकमा बाहिरफेर ननिस्किन भनको छ । यससँगै काठमाडौं, भक्तपुर र ललितपुरका निकै चहलपहल हुने बजार, मल, दरबार र व्यापारिक स्थलहरु समेत सुनसान बनेका छन् ।

यसै गरि लाखौं मानिसहरुले उपत्यका छाडेर गाउँ फर्किसकेको र धेरैजसो मानिसहरु घरमै बसेका कारण पनि उपत्यका सुनसान भएको हो । उपत्यकामा सार्वजनिक यातायात पनि फाट्टफुट्ट रुपमा संचालन भएका छन् । अहिले अघिपछिको भन्दा निजी सवारी साधनहरु पनि न्युन रुपमा सडकमा देखिएका छन् ।

सम्बन्धित खवर