ब्रिटेनका राजकुमार चार्ल्सलाई कोरोनाभाइरस सङ्क्रमण – Chautari Khabar

ब्रिटेनका राजकुमार चार्ल्सलाई कोरोनाभाइरस सङ्क्रमण

ब्रिटेनका राजकुमार चार्ल्सलाई कोरोनाभाइरस सङ्क्रमण भएको उनको औपचारिक निवास क्ल्यारन्स हाउसले पुष्टि गरेको छ ।
यसैगरि उनकी पत्नी डचिस कोर्न्वलको पनि परीक्षण गरिएको तर उनमा भाइरस भएको देखिएन ।

एकहत्तर वर्षीय राजकुमार चार्ल्सलाई मध्यम खालका लक्षणहरू देखिएको तर उनको स्वास्थ्यावस्था राम्रो भएको एक प्रवक्ताले बताएका छन् ।

चार्ल्स र कमिल दुवै जना अहिले स्कटल्यान्डस्थित ब्यालमरलमा अरूबाट अलग्गिएर एकान्तवासमा रहेको क्ल्यारन्स हाउसले बताएको छ ।

केही हप्तायता उनी धेरै सार्वजनिक कार्यक्रममा सहभागी भएका र कसबाट राजकुमारमा भाइरस सर्याे त्यो पत्ता लगाउन सम्भव नभएको क्ल्यारन्स हाउसको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खवर