कोरोना भाइरस मार्ने बन्दुक र गोलीले हैन होला-बाबुराम भट्टराई – Chautari Khabar

कोरोना भाइरस मार्ने बन्दुक र गोलीले हैन होला-बाबुराम भट्टराई

 

काठमाडौं / समाजवादी पार्टीका संघिय अध्यक्ष बाबुराम भट्टराईले कोरोना भाइरस मार्ने अस्त्र कुनै बन्दुक र गोली नभएको भनि सरकारलाई व्यंग गरेका छन् ।

स्वास्थ्य सेवा विभागले अम्नी समूहसँग बजार भाउ भन्दा अत्यन्तै अस्वभाविक महङ्गो मुल्यमा स्वास्थ्य सामाग्री खरिद सम्झौता गरे पछि चौतर्फी आलोचना र दवाव बाबजुद उक्त समूहसँग स्वास्थ्य सामाग्री खरिद गर्ने निर्णय बुधबार रद्द गरेको थियो ।

यसैगरि सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्रीहरु स्वास्थ्य तथा जनसख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार नेपाली सेनामार्फत सरकार–सरकार (जी टू जी) विधिबाट खरिद गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय प्रति आशंका व्यक्त गर्दै ट्वीटमा अध्यक्ष बाबुरामले वाणिज्य, आपूर्ति लगायतका निजामति निकाय हुदाँहुदै सेनालाई खरिदको जिम्मा दिनु भनेकोे चोरको खुट्टा काट भन्दा खुट्टा ताने झै भएको बताएका छन् । उनले पहिल्यै जी टू जी विधिबाट खरिद किन नगरेको र के सेना अख्तियारको दायरामा नपर्ने भएकाले ? भनेर प्रश्न गरेका छन् ।

ट्वीटरमा उनि भन्छन् “भाइरस मार्ने बन्दुक र गोलीले हैन होला! अनि सरकारले किन चीनबाट स्वास्थ्यसामाग्री किन्न सेनालाई अघि सारेको होला ? के वाणिज्य,आपूर्ति लगायतका निजामति निकाय छैनन् ? जीटूजी विधिबाट पहिल्यै किन नल्याएको ?के सेना अख्तियारको दायरामा पर्दैन भनेर हो?चोरको खुट्टा काट् भन्दा किन खुट्टा तानेको ?

 

सम्बन्धित खवर