खरिपाटीमा क्वारेन्टाइनमा राखिएकाको कोरोना रिपोर्ट नगेटिभ – Chautari Khabar

खरिपाटीमा क्वारेन्टाइनमा राखिएकाको कोरोना रिपोर्ट नगेटिभ

 

काठमाडौं / भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका ९४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । आइतबार नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले खरिपाटीमा क्वारेन्टाइनमा राखिएकाको कोरोना परीक्षण गर्दा रिपोर्ट नगेटिभ आएको बताएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार हालसम्म १५ सय २९ वटा परीक्षण भएका छन् । साथै देशभरी ११३ जना आइसोलेसनमा रहेका छन् । यस्तै उपत्यकाबाहिर ६ ठाउँमा कोरोना परीक्षण सुरु भएको प्रवक्ता देवकोटाले बताए ।

यसैगरि सुदुरपश्चिम प्रदेशमा संक्रमित रहेका बासस्थान वरपर र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)को परीक्षण गरिने र पोजिटिभ आएमा पुनः पीसीआर प्रविधिबाट परीक्षण गर्ने बताएका हुन् ।

सम्बन्धित खवर