महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त – Chautari Khabar

महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त

 

काठमाडौं / सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो ।

राष्ट्र बैंकको खरदार सरहको सहायक पदबाट जागिर सुरु गरेका अधिकारी हालका अर्थमन्त्री युवराज खतिवडा गभर्नर हुँदा डेपुटी गभर्नर थिए । तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले उनलाई डा. चिरञ्जीवि नेपालसँगै गभर्नरमा सिफारिस गरे पनि सुशील कोइराला नेतृत्वको सरकारले नेपाललाई गभर्नर नियुक्त गरेको थियो ।

डा. चिरञ्जीवि नेपालको ५ बर्षे कार्यकाल सकिएपछि अधिकारी दोश्रो पटकमा गभर्नर नियुक्त हुन सफल भएका छन् ।
डेपुटीबाट अवकाश पाएका उनलाई केही समयमै प्रधानमन्त्री केपी ओली नेतृत्वको अघिल्लो सरकारले बोर्डको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको थियो । बोर्डमा दुई महिना कार्यकाल बाँकी रहँदै अधिकारी गभर्नर भएका हुन् ।

सम्बन्धित खवर