संघीय संसदको चालू अधिवेशन अन्त्य – Chautari Khabar

संघीय संसदको चालू अधिवेशन अन्त्य

 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुुवै सदनको चालू अधिवेशन सोमवार राति १२ः०० बजेदेखि अन्त्य गरेकी छिन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालू पाँचौं अधिवेशन अन्त्य गरेकी संघीय संसद् सचिवालयले सूचनापत्रमार्फत जानकारी दिएको छ ।

चालू अधिवेशन स्वत अन्त्य भएकाले यही चैत २१ गते सूचना प्रकाशन गरी स्थगित प्रतिनिधिसभा र यही चैत ७ गते स्थगित राष्ट्रियसभाको बैठकसमेत अन्त्य भएको संघीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीद्वारा सोमवार जारी सूचनापत्रमा उल्लेख छ ।

सम्बन्धित खवर