काठमाडौं / समाजवादी पार्टी फुटाउन पूर्व स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र यादवको अपहरण भएको छ ।
समाजवादी पार्टी स्रोतका अनुसार पूर्व स्वास्थ्य राज्यमन्त्री यादवलाई जनकपुरबाट अपहरण गरि सिन्धुली पुर्याइएको छ । उनलाई बिपी राजमार्ग हुँदै काठमाडौं लैजान लागिएको हो ।
पार्टी उच्च स्रोतका अनुसार यादवलाई समाजवादी पार्टी फुटाउन उद्धत समूहले जबरजस्ती हस्ताक्षर गराउन अपहरण गराएको बुझिएको छ ।
स्रोतले दिएको जानकारी अनुसार सरकारको उच्च संयन्त्रले नै प्रहरी परिचालन गरेर यादवको अपहरण गरेको बताइएको छ ।
सरकारी प्रयासमा नै समाजवादी पार्टी फुटाउन खोजिएको र सो का निम्ति यादवलाई अपहरण गरिएको समाचार स्रोतले जनाएको छ ।