सोलुखुम्बुमा दुर्घटना – Chautari Khabar

सोलुखुम्बुमा दुर्घटना

सोलुखुम्बु । आइतबार राती करिब साढे ११ बजे बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएको छन् ।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ बरडाँडा र नेचासल्यान गाउँपालिकाको सीमानाको महादेव भीरमा भएको उक्त दुर्घटना हुदा ज्यान गुमाउनेहरुमा ठेगाना नखुलेका ३३ बर्षिय चालक कमल मगर, हेटौडाका अन्दाजी २३ बर्षका रामकुमार मगर, सप्तरीका १९ बर्षिय कृष्ण चौधरी रहेका छन् । यसैगरि हेटौडाका २३ बर्षिय रमेश मगर गम्भिर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ ।

सडकबाट करिब ३ सय मिटर तल खसेको उक्त दुर्घटनाग्रस्त टिपर ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत आयोजनो निर्माणमा प्रयोगमा रहेको खुल्न आएको छ ।
२३.५ मेगावाटको अपर सोलु जलविद्युत आयोजनमा निर्माण प्रयोग भएका सामाग्री निमाणाधिन सोलु खोला दूधकोशी जलविद्युत आयोजनामा लैजाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर