६ हजार ९३९ जनामा कोरोना पुष्टि, १ सय ६ जनाको मृत्यु – Chautari Khabar

६ हजार ९३९ जनामा कोरोना पुष्टि, १ सय ६ जनाको मृत्यु

काठमाडौं / आज देशभर कोरोना भाइरसबाट ६ हजार ९ सय ३९ जना संक्रमित भएका छन् भने २४ घण्टामा १ सय ६ जनाको मृत्यु भएको छ ।

२० हजार ४ सय १४ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६ हजार ७ सय ३१ जना तथा ५ सय ७८ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ सय ८ जना गरी जम्मा ६ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ ।

देशभरबाट २४ घण्टामा ७ हजार २ सय २६ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् ।

आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ७७ दशमलव २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
देशभरि आज कोरोना सङ्क्रमणबाट १ सय ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ हजार ९ सय ५१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल नेपालमा १ लाख १६ हजार ४ सय ७६ सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् ।

सम्बन्धित खवर