कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ६८ जनाको मृत्यु पुष्टि, ५२८५ जना संक्रमित थपिए – Chautari Khabar

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ६८ जनाको मृत्यु पुष्टि, ५२८५ जना संक्रमित थपिए

जेठ १८, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ६८ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ ।

मन्त्रालयका अनुसार मंगलवार १७ हजार १४७ जनाको कोरोना परीक्षण गरिएकोमा ५ हजार २८५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको सक्रिय संक्रमितको संख्या एक लाख ४ हजार ७८९ पुगेको छ ।

यसैगरी मंगलवार ६ हजार ८९८ जना निको भएसँगै हालसम्म ४ लाख ५४ हजार ३४४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

सम्बन्धित खवर