आज थप ५ हजार ३ सय १६ जना संक्रमित, १ सय १ जनाको मृत्यु – Chautari Khabar

आज थप ५ हजार ३ सय १६ जना संक्रमित, १ सय १ जनाको मृत्यु

काठमाडौँ / कोरोना भाइरसबाट आज थप ५ हजार ३ सय १६ जना संक्रमित भएका छन् ।

१३ हजार ८ सय ५ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा ४ हजार ५ सय २४ जना तथा ३ हजार ७३ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ७ सय ९२ जना गरी जम्मा ५ हजार ३ सय १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बताए ।

यसैबीच काठमाडौं उपत्यकामा १४ सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा १ सय ८१, ललितपुरमा ३ सय ६ र काठमाडौँमा ९ सय ६९मा संक्रमण पुष्टि भएको छ ।

देशभरबाट गएको २४ घण्टामा ७ हजार २ सय १९ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् भने आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ८० दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसै गरी प्रवक्ता डा. पौडेलका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट देशभरी आज थप १ सय १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल, नेपालमा १ लाख १ हजार ९ सय ९३ सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ६ हजार ८ सय ६२ र होम आइसोलेसन ९५ हजार १ सय ३१ जनाले उपचार गराइरहेका छन् ।

सम्बन्धित खवर