नासाको पर्सिभिरेन्स अन्तरीक्ष यानको मंगल ग्रहमा सय दिनको अवधिको १० तस्वीरहरु – Chautari Khabar

नासाको पर्सिभिरेन्स अन्तरीक्ष यानको मंगल ग्रहमा सय दिनको अवधिको १० तस्वीरहरु

रातो ग्रहको उपनामले चिनिने मंगल ग्रहमा बिगतमा जीवको अस्तित्व थियो कि थिएन भन्ने बारे अध्ययन गरिरहेको अमेरिकी अन्तरीक्ष संस्था नासाको पर्सिभिरेन्स अन्तरीक्ष यानले त्यहाँ सय दिनको बसाइ पूरा गरेको छ ।

पर्सिभिरेन्स यानले सय दिनको अवधिमा मंगल ग्रहमा जीवको अस्तित्व भए नभएको बारे अनुसन्धान गर्ने क्रममा त्यहाँको जलवायु र भू-विज्ञानको अध्ययनका लागि पनि तथ्यांक संकलन गरिरहेको छ ।

नासालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार ऐजेन्सीहरुले जनाए अनुसार नासाका वैज्ञानिकहरूले यानभित्र हालेर पठाएको इन्जेन्युटी हेलिकप्टरको पनि अनुसन्धान कार्यमा सहायता लिइएको छ । सय दिनको बीचमा वैज्ञानिकहरूले पहिलो पटक एक ग्रहबाट कन्ट्रोल गरेर अर्को ग्रहमा उडान गर्न सफल भएका छन् । इन्जेन्युटीले अहिलेसम्म मंगल ग्रहमा धेरै उडान गरिसकेको छ र उसले थुप्रै तस्वीरहरु पनि खिचेको छ ।

पर्सिभिरेन्स यान सात महिना लामो यात्रा गरेर गत फेब्रुअरी १८ तारिकमा मंगल ग्रहको सतहमा ल्यान्ड भएको थियो । पर्सिभिरेन्सको ६ पांग्रे रोभरले जेजेरो कार्टरमा ल्यान्ड भएको थियो ।

जेजेरो कार्टरमा कुनै बेला ताल भएको अनुमान गरिन्छ । त्यही भएर मंगल ग्रहमा विगतमा जीवन सम्भव थियो कि थिएन भन्ने अध्ययन गर्न नासाले सोही क्षेत्रमा यान पठाएको हो ।

२.७ अर्ब डलर खर्च भएको दुई वर्ष लामो यो अभियानको मुख्य उद्देश्य मंगल ग्रहमा जीवनको अवशेष खोज्नु हो । सूर्यदेखि चौंथो टाढाको ग्रहमा ३ अर्ब वर्षपहिले न्यानो र पानीको मात्रा भएकाले त्यहाँ जीवन सम्भव थियो भन्ने वैज्ञानिकहरूको अनुमान छ ।
नासाका वैज्ञानिकहरूले अमेरिकाले मंगल ग्रहमा पठाएका २० मध्ये यो सबैभन्दा महत्वाकांक्षी मिसन भएको बताएका छन् ।
-एजेन्सी 

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260