भक्तपुर । सुर्यविनायक नगरपालिकाभरीकै उत्कृष्ट सामुदायीक विद्यालय महेन्द्र शान्ति मावि बालकोटबाट माद्यमिक शिक्षा परीक्षा (एसईई) उतिर्ण गरी सोही विद्यालयमा ११ र १२ कक्षामा अध्ययनरत १७जना विद्यार्थीलाई विभिन्न दाताहरुले छात्रवृत्ति प्रदान गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवम् बालकोटका शिक्षासेवी हेमन्तकुमार कार्कीको पहलमा दुईवर्ष अघि नै सो विद्यालयमा ११ र १२ कक्षा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा अनूरुप ती विद्यार्थीलाई वार्षिक जनही १५ हजार रुपैयाँका दरले छात्रवृत्ति दिईएको हो ।
छात्रवृत्ति वापतको रकम दाताहरुले ती विद्यार्थीको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक गोपाल विक्रम थापा र सहायक प्रधानाध्यापक रामचन्द्र भट्टराईलाई शनिबार हस्तान्तरण गरेका हुन् ।
१७जना विद्यार्थीमध्ये विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हेमन्तकुमार कार्कीले ४ जना,पुर्व अध्यक्षहरु रोहितबहादुर राना क्षेत्री ,भोलासिंह सिलवाल र शिक्षिका सुधा केसीले २÷२ जना, लवकुशकार्की, इन्जिनियर सुमनकुमार कार्की,पुर्णदास÷हरिकृष्ण सामा,प्रदिप कार्की, मोहन रानाभाट,केशव रानाभाट र हरिशरण रानाभाटले एक एकजना विद्यार्थीलाई १२ कक्षाको लागि जनही १५ हजार रुपैयाँको दरमा छात्रवृत्ति प्रदान गरेका थिए ।
दाताहरुले कक्षा ११को लागि जनही १५ हजार र कक्षा १२ को लागि जनही १५ हजार गरि २ वर्षको लागि जनही ३० हजार रुपैयाँ छात्रवृत्ति उपलव्ध गराएका छन् ।
छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हेमन्तकुमार कार्की,पुर्व अध्यक्षहरु रोहित बहादुर राना क्षेत्री र भोलासिंह सिलवाल, प्रधानाध्यापक गोपाल विक्रम थापा र रामचन्द्र भट्टराईले बोलेका थिए ।