नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध,बाटो खुल्ने सम्भावना कम – Chautari Khabar

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध,बाटो खुल्ने सम्भावना कम

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध,बाटो खुल्ने सम्भावना कम

नारायणगढ । भाद्र ९, मुग्लिन सडकखण्डको सेती दोभानमा आज पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आज राति ८ः२० बजेको समयमा ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरोले सडक अबरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२९ मा पर्ने सेती दोभानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी परिरहेको र पहिरो खसिरहेकाले तत्काल बाटो सञ्चालन हुने सम्भावना छैन यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।

 

सम्बन्धित खवर