प्रधानमन्त्री देउवाको आह्वान – Chautari Khabar

प्रधानमन्त्री देउवाको आह्वान

महाधिवेशन सफल बनाउन प्रधानमन्त्री देउवाको आह्वान

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशन सफल बनाउन आह्वान गर्नुभएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका वडा नं. ५ को वडा अधिवेशन शुक्रवार सिर्जना नगरमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको स्थायित्व र संविधानको रक्षाका लागि कांग्रेसको महाधिवेशन सफल बनाउनुपर्ने बताउनु भएको हो ।
उहाँले कांग्रेसलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन पनि महाधिवेशन सफल बनाउनुपर्नेमा जोड दिनुभयो । अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेर पार्टीमा एकताको सन्देश दिन आग्रह गर्दै देउवाले भन्नुभयो, “महाधिवेशन पार्टीलाई एकतावद्ध बनाएर लैजाने र आगामी कार्यकालको लागि कार्यनीति र नेतृत्व चयन गर्ने थलो हो ।”
उहाँले पार्टीलाई संवैधानिक संकट आउन सक्ने भएकाले कोरोनाको जोखिमका बीच महाधिवेशन गर्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसको वैधानिकता जोगाउन पनि कोरोनाको जोखिमका बीच महाधिवेशन गर्नु परेको हो । महाधिवेशनलाई सफल बनाउन स्वास्थ्य मापदण्डको पूणर् पालना गरी सहभागी हुन आह्वान गर्दछु ।”
नेकपा एमालेका एक नेताले केहिदिन अघि भक्तपुरमा चुनाव लड्न गरेको कुरालाई लिएर प्रधानमन्त्री देउवाले हाम्रा भक्तपुर जिल्ला सभापति दुर्लभ थापासंग पहिला निर्वाचनमा जितेर देखाउ भन्नुुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले कांग्रेसको महाधिवेशनलाई राष्ट्रिय र अन्तराष्ट्रिय शक्ति केन्द्रहरुले चासोका साथ हेरिरहेको बताउँदै मुलुक र पार्टीको प्रतिष्ठा कायम गरिराख्न पनि महाविधेशन सफल बनाउनु पर्ने बताउंदै उहाँले भन्नुभयो, “कांग्रेस मुलुकको जेठो र लोकतान्त्रिक पार्टी हो । कांग्रेसको महाधिवेशनको सफलतामा मुलुकको लोकतन्त्रको भविष्य पनि जोडिएको छ ।”
वडा इकाई सभापति राजु ढुंगेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले भक्तपुरमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको बताउनुभयो । उहाँले अधिवेशनमा निर्वाचनबाट नेतृत्व चयन गर्नु पनि एउटा लोकतान्त्रिक प्रक्रिया भएपनि सौहाद्र्रपूणर् तरिका र स्वच्छ प्रतिष्पर्धा मार्फत नेतृत्व चयन हुनेमा आफू बिश्वस्त रहेको बताउनु भयो ।

सम्बन्धित खवर