नेपाली कांग्रेस भक्तपुरको सभापतिमा पुनः दुर्लभ थापा निर्वाचित – Chautari Khabar

नेपाली कांग्रेस भक्तपुरको सभापतिमा पुनः दुर्लभ थापा निर्वाचित

नेपाली कांग्रेस भक्तपुरको सभापतिमा पुनः दुर्लभ थापा निर्वाचित

 

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको हिजो सम्पन्न निर्वाचनमा सभापतिमा पुनः यूवा नेता दुर्लभ थापा नै ११३ मतको अन्तरले विजयी भएका छन् । वर्तमान सभापति समेत रहेका थापा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षीय संस्थापन पक्षका नेता हुन् । उनले ५५५ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी अष्टकुमार कवेले ४४२ मत प्राप्त गरे । कवे संस्थापन इत्तर पक्ष नेता प्रकाशमान सिंह निकटका नेता हुन ।
कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत भएको जिल्ला अधिवेशनमा पनि थापा र कवेबीच जिल्ला सभापतिका लागि प्रतिष्पर्धा भएको थियो । त्यसबेला पनि थापाले कवेलाई पराजित गरेको थियो ।
जिल्ला कार्यसमितिमा पनि धेर्रै थापा समूह नै विजयी भएका छन् । उपसभापतिमा थापा समूहकै विजेश अवाल र उर्मिला वन निर्वाचित भए । अवालले ५५९ र वनले ५१४ मत प्राप्त गरे । सचिवमा सुशिल बस्नेत ५५२ र राजेश खड्का ४८५ मतका साथ निर्वाचित भएका छन् । सहसचिवमा यादवप्रसाद अधिकारी र कृष्णमुरारी न्यौपाने निर्वाचित भए । अधिकारीले ५७४ र न्यौपानेले ५१४ मत प्राप्त गरेका थिए ।

जिल्ला सदस्यमा थापा समूहबाट मध्यपुर थिमि नगरपालिकाबाट रमिला कपाली, देवेन्द्र श्रेष्ठ र राजेश मानन्धर, सूर्यविनायक नगरपालिकाबाट ललिता धिताल, जिवन श्रेष्ठ, दिपेन्द्रकुमार थापा मगर, भक्तपुर नगरपालिकाबाट रजनी किसिजु, धर्मरत्न खाईतु र रामबहादुर कासुला, चाँगुनारायण नगरपालिकाबाट कल्पना लामिछाने, प्रेम खत्री, समानुपातिक आदीवासी जनजातीबाट रोशनी तामाङ, दिललक्ष्मी कायष्थ, रामेश्वर ध्वंजु धनबहादुर थिङ र रामप्रसाद धौवञ्जार, समानुपातिक खसआर्यबाट सिर्जना केसी, देवेन्द्र न्यौपाने, अच्युत अधिकारी, दलित खुल्लाबाट मनिता नेपाली, अपाङ्गबाट शशि बस्नेत र मधेशीबाट राम दिनेशलाल कर्ण निर्वाचित भएका छन् ।

जिल्ला सदस्यमा चाँगुनारायण नगरपालिकाबाट कवे समूहका उमेशकुमार खड्का निर्वाचित भएका छन् । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ को कार्यसमिति सदस्यमा कवे समूहका विरबहादुर विश्वकर्मा निर्वाचित भएका छन् ।
भक्तपुर क्षेत्र नं. २ को आदाीवासी जनजाती महिलातर्फको महाधिवेशन प्रतिनिधिमा कवे समूहका निलकमल ध्वजु र पञ्चमाया प्रजापति निर्वाचित भए । गत साता सम्पन्न क्षेत्रीय अधिवेशनका क्रममा मतपत्रमा प्राविधिक त्रुटी भेटिएपछि यो समूहको महाधिवेशन प्रतिनिधिको निर्वाचन स्थगित गरी पुनः जिल्ला अधिवेशनका दौरान निर्वाचन गरिएको हो ।

भक्तपुर क्षेत्र नं. २ को महासमिति सदस्यमा भने मिश्रित परिणाम आएको छ । महासमिति सदस्य खुल्लामा थापा समूहका मदनकृष्ण श्रेष्ठ र विष्णुराज कार्की निर्वाचित भए भने कवे समूहका गणेशमान चक्रधर, उद्धव सिलवाल र सन्तोष भट्टराई निर्वाचित भएका छन् ।
त्यसैगरी महिला खुल्लामा अञ्जनादेवी मधिकर्मी, प्रमिला सुवेदी आचार्य, आदीवासी जनजाती खुल्लामा ज्ञानदास प्रजापति, खसआर्य खुल्लामा लछुराम न्यौपाने विजयी भए । उनीहरु सबै कवे समूहका हुन ।
भक्तपुर क्षेत्र नं. १ को महासमिति सदस्यहरु भने निर्विरोध निर्वाचित भएका थिए । महासमिति सदस्यमा प्रत्यक्ष खुल्लामा बाबुराजा जोशी, कृष्णलाल भँडेल, जगन्नाथ कार्की, राजाराम खड्का र पुष्कर खत्री, आदीवासी जनजाती खुल्लामा सुरेश श्रेष्ठ र रजनी जोन्छें, महिलामा राधा कार्की (सरु बाँनिया) सुभद्रा काफ्ले, आदीवासी जनजाती महिलामा गंगालक्ष्मी अवाल, खसआर्य खुल्लामा हरिप्रसाद नेपाल निर्विरोध निर्वाचित भएका थिए ।

सम्बन्धित खवर