“पैतालिस डिग्री तापक्रमले पनि रोक्न सकेन काङ्ग्रेसको रुपान्तरण अभियान” – Chautari Khabar

“पैतालिस डिग्री तापक्रमले पनि रोक्न सकेन काङ्ग्रेसको रुपान्तरण अभियान”

स्वास्थ्य मन्त्रालयाले अहिले तापक्रम उच्च भएर लु चल्न सक्ने भएकोले घर बाहिर नहिड्न र घर भित्रै बसेर गर्मि वाट जोगिन सुचना जारि गरेको छ।तर यतिखेर नेपाली कांग्रेसका युवा नेताहरू पैतालिस डिग्री को बल्दो ताप्क्रममा पनि आफ्नो स्वाथ्यको कुनै प्रबाहा नगरि देशभर पार्टी रूपान्तरणको कार्यक्रममा सक्रिय छन् । 
रुपान्तरण अभियानमा नेता गुरु घिमिरे, , मधु आचार्य, भुपेन्द्रजंग शाही, रञ्जित कर्ण, जगदीश्वरनरसिंह केसी, देवराज चालिसे र भरत खड्का, सुवास पोख्रेल, बिक्रम खनाल सहितका नेताले यो अभियानलाई अगाडि बढाइरहेका छन् । साथै नरेन्द्र केरुङ, भूपेन्द्र थापा, धर्मेन्द्र नेम्वाङ, बिजुला बर्मा, विष्णुदेवी पाण्डे, रिता शाही, विक्रम खनाल, लक्ष्मी पाण्डे, सुवास लोहनी, नबिन श्रेष्ठ , तेजेन्द्र भटराईसहितका नेता सहभागी छन् । 
मौसमको प्रतिकुलताको बिच वाट पनि यो अभियान चलाउने

घनेताहरु भन्छन जसरि तापक्रम बढेको छ त्यसैगरि हाम्रो मनमा पनि काङ्रेसलाइ बदल्ने, परिबर्तन गर्ने र सुधार गर्ने मन भित्र तापक्र्म बढेको छ। काङ्रेसलाइ रुपान्तरण गर्ने हामो मन मा आगो बलेको छ, हुटहुटि चलेको छ। बाहिरि तापक्रमले जति पोले पनि हामिलाइ काङ्ग्रेस सुधार गर्ने मनको राको ले बढि पोलेको छ।

मुख्यगरी नेतृत्वको पार्टी सञ्चालन शैलीसँग असहमत हुँदै दबाब बढाउन र रुपान्तरण गर्न यो अभियान अगाडि बढाएको नेताहरूले बताएका छन् । पार्टी रुपान्तरणका लागि बाग्मती, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अभियान सकाएको जानकारी अभियानकर्ता भुपेन्द्रजंग शाहीले दिए । अब यो अभियान कोशी प्रदेशमा केन्द्रित हुने शाही बताउँछन् । 

संरचना र शैली नबदल्ने हो भने पार्टी झन् कमजोर हुने र नयाँ दलको चुनौती सामना गर्न नसक्ने भन्दै पार्टी नेतृत्वलाई जानकारी गराएरै अभियान शुरू गरेको यो पक्षले जनाएको छ । 
अभियानकर्ता गुरुराज घिमिरे ६ वटा प्रदेशमा सकाइएको अभियानमा उत्साहपूर्ण सहभागिता देखिएको र थुप्रै समस्या पहिचान भएको बताउँछन् । 
‘हामीले मुख्यगरी ६ प्रदेशको केन्द्रमा ठूला अन्तरक्रिया गर्‍यौं । यी कार्यक्रममा उत्साहजनक सहभागिता जनाउँदै कांग्रेस कार्यकर्ताले पार्टी नेतृत्व र पार्टी सरकारमा हुँदा भइरहेको कमजोरीलाई प्राथमिकताका साथ उठाउनुभएको छ,’ घिमिरे भन्छन्, ‘ठूलो पार्टी भएर सरकारमा सहभागी हुँदा समेत नतिजा नपाएका हामी तपाईंहरूका समस्या के छन् भनेर पुग्दा उत्साहपूर्वक प्रस्तुत भएका छन् ।’
त्यसपछि जिल्ला र स्थानीय तहसम्मै कार्यक्रम लिएर जाने उनीहरूको तयारी छ । 

अर्का अभियानकर्ता भुपेन्द्रजंग शाही सम्भावित चुनौतीलाई लिएर देशभर पुग्दा कार्यकर्ताले भावना पोख्न पाएको टिप्पणी गर्छन् ।
उनका अनुसार पार्टीका नेताको परम्परागत शैली, विवाद, गुटबन्दी देखेर कार्यकर्ता आजित भएका छन् । नयाँ दल चुनौतीको रूपमा उभिएको भनेर मुख्य सुझाव आएको उनको भनाइ छ । 
‘पार्टीको कुनै कार्यक्रम नहुँदा हाम्रै रुपातरण कार्यक्रम पार्टीको अफिसियल कार्यक्रम जस्तो भएको छ । कार्यकर्ताले आक्रोश, भावना पोख्न पाएका रहेनछन् । हामीले हजारौंलाई मञ्च दियौं । आक्रोश र पोख्ने र भावना राखेर शान्त हुने मौका कार्यकर्ताले पाएका छन्’ शाही भन्छन्, ‘ठूलो पार्टी भएर पनि सरकारले जनजीविकाका लागि प्रभावकारी काम गर्न नसकेको, पार्टीका संरचनाले प्रभावकारी कार्यसम्पादन गर्न नसकेकोमा मुख्य चिन्ता भएको पाएका छौं ।’
सात प्रदेशका ७ ठूला अन्तरक्रियामा एक ठाउँमा एक सयजना बढी सहभागीको गुनासो सुनेको र त्यसलाई लिपिबद्ध गरिएको जानकारी उनले दिए ।
अभियान सकिएपछि सहभागीका गुनासा र पार्टीप्रतिका अपेक्षालाई प्रतिवेदन बनाएर पार्टी नेतृत्वलाई बुझाउने जानकारी शाहीले दिए । 
अभियानका क्रममा पार्टी ठूलो भएको रमितामा बसेको तर नयाँ दलले चुनौती बढाएकोप्रति सजग नभएको पाइएको उनले बताए । 
‘अहिले कांग्रेस ठूलो पार्टी र सत्तामा भएजस्तो छ, तर भोलि कांग्रेस हार्ला कि भन्ने चिन्ता धेरैमा देखिन्छ किनकि हामी सुस्ताउँदै गर्दा चुनौती बनेर नयाँ दल उभिएका छन्,’ शाही भन्छन्, ‘समयमा सचेत भएनौं भने हामी डुब्न सक्छौं । कार्यकर्ताको भावना पनि पार्टी नसुध्रिए अवस्था अनुकूल छैन भन्ने नै छ ।’ पार्टी नसुध्रिए २०८४ को चुनाव कांग्रेसका लागि कठिन हुने मत यो अभियानका क्रममा प्राप्त गरेको उनीहरूको भनाइ छ । 
यद्यपि पार्टीले केही गर्छ भन्ने आशा मारेकालाई पनि आफूहरूको अभियानले थोरै भए पनि आशा जगाएको उनको टिप्पणी छ । 

‘४५ डिग्रीको गर्मी छ । हामी रहरले हिँडेका हैनौं, समग्र पार्टीको चिन्ताले प्रतिबद्ध भएर हिँडेका हौं भन्ने धेरैले बुझेका छन् । यो गर्मीमा काठमाडौंमा एसीमा बस्ने र सामाजिक सञ्जालमा लेखेर टिप्पणी गर्ने जिम्मेवार नेताभन्दा यिनीहरू शुद्ध मनले आए भन्ने धेरैको बुझाइ पायौं,’ शाही भन्छन्, ‘हाम्रो अभियानले कांग्रेससँग आशा मारेकालाई केही आशावादी बनाएको छ किनकि हामी पनि कुनै पद र प्रतिष्ठा नपाएकाहरू त्यत्तिकै होमिएका हैनौं । पार्टीको चिन्ताले पुगेका हौं ।’
सभापतिले मात्रै होइन महामन्त्रीद्वयले पनि सकेनन् !
पार्टी नेतृत्वको काम गर्ने शैलीसँग केन्द्रमा महामन्त्रीद्वय नै असन्तुष्ट भइरहेका छन् । जिम्मेवार पदमा भएका उनीहरूले हस्तक्षेपकारी भूमिमा निर्वाह गर्न सकिरहेका छैनन् । सभापतिले काम गर्न नदिएको भन्दै पार्टीमा विद्रोह गर्नेसम्मको चेतावनी उनीहरूले दिइरहेका छन् । तर यही बेला युवा नेताहरु पार्टीमा रुपान्तरणको एजेन्डा बोकेर सात प्रदेशतिर हानिए । यो अभियानमा सभापतिदेखि पार्टीका जिम्मेवार युवा महामन्त्री सम्म पनि कार्यकर्तामा आक्रोश देखिएको छ।
सभापति देखि पदाधिकारी सम्म ले पार्टी सुधारका लागि डेढ वर्षमा के गर्नुभयो ? दुनियाँले देखेको छ,’ नेताहरु एसीमा बसेर
पार्टीमा सुधारको कुरा गर्नुहुन्छ, तर हामी ४५ डिग्रीमा हिँडिरहँदा हाम्रो कार्यक्रमलाई ऐक्यबद्धता जनाउन सकिरहनुभएको छैन । कोहि पनि नेता रुपान्तरणको पक्षमा भए हाम्रो अभियानमा सहमति जनाउन र हामीसँगै सडकमा आउन सक्नु हुनेछ ।’ 
कुनै गुटका विरुद्ध यो अभियान लक्षित नभएकाले सबै को हितका लागि अभियान चालेको उनीहरूको भनाइ छ । 

 
अभियान सकिएपछि गर्नुपर्ने सुधारको प्रतिवेदन पार्टीलाई बुझाउने र माग सम्बोधन नभए विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान चलाउनेसम्मको तयारीमा यो पक्ष छ ।
पार्टी बदलिनुपर्ने, नागरिकसँग जोडिने कार्यक्रम ल्याउनुपर्ने, पार्टीलाई थप चलायमान बनाउनुपर्ने उनीहरूको माग छ । तर नेतृत्वले बेवास्ता गरिरहे विधानअनुसार विशेष महाधिवेशन गर्नका लागि हस्ताक्षर अभियान नै चलाउने चेतावनी यो समूहले दिएको छ । 
कसरी भयो कार्यक्रम ?
यो अभियानमा ६ प्रदेशका केन्द्रमा मुख्य र बाटो परेका जिल्लाका शहरका अन्तरक्रियाको कार्यक्रम गरेको शाही बताउँछन् । कतै पनि मञ्च, प्रमुख अतिथि र मुख्य अतिथि नबनाई अन्तरक्रियामा उनीहरूले सुझाव लिएका थिए । 
‘हामीले नेतालाई मञ्चमा राखेनौं । कसैलाइ बिसेस आसन ग्रहण गराइयन।सबै तलै बसेर कार्यकर्ताको कुरा सुन्यौं । जाने नेता बोल्नेभन्दा तलका कार्यकर्ता र आम मान्छेको भावना बुझ्यौं,’ शाही भन्छन्, ‘एउटा कार्यक्रममा एक सय जनासम्मले बोल्नुभयो । एकैपटक २० केन्द्रीय नेता ६ प्रदेश पुग्यौं । यो हामी आफैंले खर्च उठाएर गरिएको कार्यक्रम हो ।’ 

प्रायः कार्यक्रममा सयौं नेता/कार्यकर्ता सहभागी भएको उनी बताउँछन् । 
‘सहभागीहरूको धारणा रेकर्ड गरेका छौं । भिडियो र अडियो सबै रेकर्ड हामीसँग छ,’ शाही भन्छन्, ‘पार्टी हितका बारेमा आएका महत्त्वपूर्ण सुझावलाई प्रतिवेदन बनाएर सभापति र पदाधिकारीलाई बुझाउँछौं ।’  
धेरैले अब यसरी चल्दैन, अर्को महाधिवेशनमा आउन धेरै समय लाग्ने भएकोले विशेष महाधिवेशन गरेर जानुपर्छ सुझाव पनि दिएका छन् । तर पार्टीको संगठन सुधार्ने, संरचनालाई व्यवस्थित गर्ने, पार्टी सरकारमा हुँदा जनजीविकाका सबालमा राम्रो काम गर्नुपर्ने, भ्रातृ संस्थालाई चलायमान बनाउनुपर्ने मुख्य सुझाव आएको छ । 

यो अभियान चलाउनेमा पूर्व संस्थापननिकट धेरै नेता छन् । यसैले पनि सभापति देउवाले देशभर गरिएको यो कार्यक्रमबारे नेता डा. शेखर कोइरालासँग चासो राखेको पाइएको छ । 
‘हामीले अभियान चलाएपछि सभापति शेरबहादुर देउवाले शेखर कोइरालालाई यो अभियान किन भनेर सोध्नुभएको रहेछ,’ एक नेता भन्छन्, ‘शेखरले घरमै एसिमा सुतेर बस्नुभन्दा केही गतिविधि गर्नु, पैतालिस डिग्रीको तापक्रममा पनि जनताको बीचमा गाउँगाउँ डुल्नु र समस्या बुझ्नु सकारात्मक हो भनेर बताउनु भएछ।
तर आफूहरू कुनै टीमको सदस्यका रूपमा अभियानमा नहिँडेको ती नेता बताउँछन् । पार्टिको चिन्ता , चासो, पार्टि प्रतिको माया र स्वय जिम्मेवारि सम्झेर यो पानी उम्लिने ताप्क्रममा आफ्नो स्वास्थ्यको पनि ख्याल नगरि मेचिमहाकाली पार्टिलाइ बचाउन, र बलियो बनाउन हिडेको हो।

सम्बन्धित खवर