नगरिकताको लागि आत्मदाह गर्नुपर्ने! – Chautari Khabar

नगरिकताको लागि आत्मदाह गर्नुपर्ने!

३० जेठ, काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा गरेको आन्दोलनमा
मोरङ कटहरीका निरजकुमार कामत आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

१८ वर्ष पुगेपछि नागरिकता लिने प्रयास गरेका निरज पछिल्लो पाँच वर्षदेखि नागरिकताका लागि आन्दोलनरत छन् ।उनका बाबुले २०६४ मा जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए भने उनका हजुरबुबाले समेत जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए ।

आफैंलाई पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेका उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भैरहेको छ।

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260