३० जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएको छ।हृदयघात भएपछि पौडेललाई आज बिहान गंगालाल हृदयरोग केन्द्र लगिएको थियो।
“मुटुको दाहिनेतर्फ एउटा नशा ७० प्रतिशत बन्द भएको पाइएको छ ,उहाँ श्वासप्रश्वास र छाती भारी हुने समस्या भएपछि अस्पताल आउनुभएको थियो’, उपचारमा संलग्न एक चिकित्सकले भने।मेडिकल भाषामा यसलाओ ‘मायोकाड्रिएल इन्फ्राक्सन” (हृदयघात) भनिन्छ।’यो भने मुटुको कुनै भागमा रगत प्रवाह रोकिएपछि आउने अबस्था हो।साथै राष्ट्रपति पौडेलको आजै एन्जियोप्लाष्टी गरिएको छ।