माधव-झलनाथ समूह पक्षले बोलाएको बैठकमा सहभागी नहुन एमालेको निर्देशन – Chautari Khabar

माधव-झलनाथ समूह पक्षले बोलाएको बैठकमा सहभागी नहुन एमालेको निर्देशन

काठमाडौँ । आज एक विज्ञप्ति जारी नेकपा (एमाले)ले पार्टीका माधवकुमार नेपाल-झलनाथ खनाल समूह पक्षले बोलाएको बैठकमा सहभागी नहुन निर्देशन दिएको छ ।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङद्वारा  हस्ताक्षर गरिएको विज्ञप्तिमा पार्टी अध्यक्षको परामर्शमा महासचिवले मात्र बैठक बस्ने भएकोले पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी हुन निर्देशन दिइएको छ ।

आज नेपाल-खनाल समूह पक्षले आफू निकट केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने एमालेको वैधानिक व्यवस्था विपरीत पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ, त्यस्तो क्रियाकलापको निन्दा एवं भर्त्सना गर्दछु”,
“पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडलाई पार्टीको विधान र मुलुकको कानुन विपरीतको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सूचित गर्दछु ।”

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260